८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

हिन्दु धर्मगुरुसँग यसकारण बाबुराम त्रसित


September 9, 2023
0
Shares

काठमाडौं, २३ भाद्र । कम्युनिस्ट सिद्धान्त त्यागेको घोषणा गरेर हिन्दू धर्म विरोधी गतिविधिमा सक्रिय पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिवार विहानै आक्रोश पोखेका छन् । उनको आक्रोश हिन्दू धर्म गुरुहरुप्रति देखिएको छ ।

पछिल्लो समय हिन्दू धर्मगुरुहरुको सक्रियता बढेसँगै उनले यसलाई प्रायोजित भनेका छन् । हिन्दू धर्मगुरुहरुलाई प्रायोजित जोगीको भेषमा लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरतको संज्ञा दिएका छन् बाबुरामले ।

भट्टराईले विगतमा योगी आदित्यनाथले गंगामा दूध चलाउँदा विवादास्पद ट्वीटलाई रिट्वीट गरेका थिए जसमा गाईका पिसाब खाने अनि दूध फाल्ने भनिएको थियो । उनको यो रिट्वीटलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले कडा जवाफ दिएका थिए ।

डा. भट्टराईले लामो समययता हिन्दू धर्मविरुद्धको गतिविधिलाई अँगाल्दै आएका छन् । उनले हिन्दूत्व विचारधाराका संघ संगठनहरु संगठित हुँदै गएपछि अहिलेको व्यवस्थाप्रति नै खतरा देखेका छन् ।

दश वर्ष सशस्त्र हिंसामा सहभागी भएका डा. बाबुराम भट्टराई यसबाट आफूलाई अछूतो देखाउन खोजिरहेका छन् । उनी शान्तिमा आस्था राख्ने हिन्दुत्व विचारधाराको लोकप्रीयता बढेपछि आत्तिएको विश्लेषण भइरहेको छ ।

डा. भट्टराईले आफूलाई नास्तिक भनेपनि उनको इशाईहरुसँग निकटता बढी देखिन्छ । उनीहरुको गतिविधिमा सहयोगी बन्दै आएका छन् ।

प्रतिक्रिया