१२ बैशाख २०८३, शनिबार | April 26, 2026

आस्तिक कि नास्तिक !?


September 6, 2023
0
Shares
रोशण शाहा:
शब्दार्थ;
अस्ति = अ+स्+त्+इ = छ (भएको, अस्तित्वमा रहेको छ भन्ने स्विकारोक्ति)
नास्ति = न+अस्ति = छैन (नभएको, अस्तित्वमा नरहेको)
आस्तिक = भएको मान्ने, अस्तित्वको स्विकार गर्नेवाला, भगवत् तत्व (सच्चिदानंद) ईश्वरको अस्तित्वमा विश्वास भएकाहरूलाई सनातन हिन्दू दर्शन (धर्म, अर्थ, काम को अन्तिम लक्ष मोक्ष भएको) मा आस्तिक भनिन्छ ।
नास्तिक = भएको नमान्ने, रहेको स्विकार नगर्नेवाला, पारलौकिक सत्ताको अस्तित्वमा विश्वास नभएका एवम् मोक्षको चाहना नराख्ने अथवा पुनर्जन्ममा विश्वास नराख्ने हरूलाई पुर्विय हिन्दू दर्शनमा नास्तिक वा अईश्वरवादी भनिएको छ ।
भगवत् तत्व (सच्चिदानंद) ईश्वरमा चराचर ब्रह्मण्ड सञ्चालन सत्ता रहेको विश्वास राख्दछौ भने हामी आस्तिक हौँ । भगवद् सत्तामा हाम्रो विश्वास छैन भने, हामी जस्ता विश्वास नभएकालाई आस्तिकहरूले ‘नास्तिक’ भन्दछन् । यदि हामी भगवत् सत्ताको अस्तित्वनै अनुभव गरेका नै छैनौ, भगवान मान्दैनौ भने हामी आफूले आफूलाई नै ‘नास्तिक’ भन्न भने मिल्दैन । यदि हामीले आफैलाई ‘म नास्तिक हुँ’ भन्दछौँ भने त्यो आस्तिक कै अर्को छोरको स्विकारोक्ति नास्तिक भन्ने हो, यानी नास्तिक र आस्तिक उहि धर्मका दुई पक्ष हुन् । जसरी एउटै चन्द्रमामा प्रकाश पर्दा प्रकाश परेको देखिन्छ प्रकाश नपरेको भाग देखिदैन, तर देखिएको र नदेखिएको दुबै भाग हुन्छ नै, यी दुबै भाग एउटै चन्द्रमाकै अवयव भएकाले दुबै भगको पूर्णयोग गोलाकार नै चन्द्रमा भए झैँ सनातन धर्म संस्कारमा पनि उच्च ध्यानमय चेतनाको वोधदृष्टीको प्रकाशले भगवत् सत्ताको अस्तित्वको अनुभव हुनु र अनुभव नहुनु दुबै सनातन धर्मकै दुई फरक फरक अवस्थितिका अनुभवले बन्नपुगेका मार्ग (पन्थ) हरू मात्रहुन् । तेसैले आस्तिक एवम् नास्तिक एउटै अवयवका दुई पाटाहुन, फरक नै ठान्नु हाम्रो नितान्त व्यक्तिगत अनुभव मात्र हो ।
सनातन देखि पूर्वजहरूका अनन्त अनुभव बोधका ज्ञानहरूले समृद्ध भएका अनेका अनेक पन्थहरू छन् । कुनै न कुनै पन्थको अवधारणामा हामीहरू अवश्यनै पर्दछौँ । यी कुनै पनि पन्थका अवधारणामा परेनौ भने पनि हामी आफूले आफैलाई ‘म नास्तिक हुँ …’ भन्नु तेति उपयुत्त होइन, आस्तिकको वोध भैसकेकाले वोध नगरेकाहरूलाई नास्तिक भन्न सक्दछन् । नास्तिक भनेको सनातन अध्यात्मकै एउटा अर्को किनार मात्र हो, भिन्न हैन । यो कुरा हामी आध्यात्ममा विश्वस नभएकाहरूले आध्यात्मिक तवरले नभएर भौतिक विज्ञानका आधारमा अनुभव गर्न सक्ने सम्भावना रहन्छ, जस्तो कुनै भौतिक बस्तु मानव शरीरलाई नै हाम्रा अगाडी राखी हेरौँ …, हाम्रा अगाडि के मानव शरीर छ ? छ वा छैन भन्ने अनुभव हाम्रो दृष्टि एवम् चस्मा कस्तो छ भन्ने आधारमा भिन्नाभिन्नै दृष्य दृष्टिगोचर हुनेछन् ।
१. हाम्रो आँखाको दृष्टी छैन �

प्रतिक्रिया