३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

रवि लामिछानेको “छाती थाप्ने” चेतावनी—तर बालेनको डोजर किन रोकिएन ?


664
Shares

काठमाडौं, ११ वैशाख । काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने विषय फेरि तातिएको छ। रवि लामिछानेले केही समयअघि चितवनमा दिएको भाषणमा स्पष्ट भनेका थिए—“उचित व्यवस्थापनबिना सुकुम्बासीलाई लखेट्न पाइँदैन, जबरजस्ती भए म छाती थाप्छु।”

तर अहिले काठमाडौंको नदी किनारका बस्तीमा डोजर चलाउने तयारी भइरहँदा, उनकै अभिव्यक्तिमाथि प्रश्न उठ्न थालेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाह नेतृत्वमा बस्ती हटाउने प्रक्रिया अघि बढिरहेको छ—तर के यो निर्णयमा रविको सहमति छ ?

राजनीतिक वृत्तमा दुईथरी चर्चा छ।
एकातिर, प्रधानमन्त्री बालेन शाह र लामिछानेबीच कुनै परामर्श नै नभएको दाबी गरिँदैछ—जसले निर्णय एकल रूपमा अघि बढाइएको संकेत गर्छ।
अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रकै उच्च स्रोत भने फरक कुरा गर्छ। स्रोतका अनुसार, नदी किनारका अवैध बस्ती खाली गराउने विषयमा दुवै नेताबीच समझदारी नै रहेको छ, र लामिछानेको कुनै असहमति छैन।

यसले अहिले मुख्य प्रश्न उठाएको छ—
सार्वजनिक मञ्चमा कडा अभिव्यक्ति दिने रवि, व्यवहारमा किन मौन छन्र ?
सुकुम्बासी व्यवस्थापनको स्पष्ट योजना नहुँदै डोजर चलाउनु उचित हो ?

काठमाडौंका सुकुम्बासीहरू भने अन्योलमा छन्—उनीहरूलाई व्यवस्थापनको आश्वासन अझै स्पष्ट छैन, तर डोजरको डर नजिकिँदै छ।

प्रतिक्रिया