३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखमा गुरु बराल मनोनित


September 2, 2023
0
Shares

काठमाडौँ,१६ भदौ । नेपाली कांग्रेसको आपुर्ति तथा उपभोक्ता विभाग प्रमुखमा केन्द्रीय सदस्य गुरु बराल मनोनित भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै १५ जना नेताहरुलाई विभागको प्रमुखमा मनोनयन गरेको जानकारी दिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई–मधेश समन्वय विभागको प्रमुखमा मनोनित गरेका हुन् । त्यसैगरी, देउवाले गुरु बराललाई आपूर्ति तथा उपभोक्ता विभागमा मनोनित गरेका छन् ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारु, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पालाई पर्यटन, डा रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनलाई आदिवासी जनजाति, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।

रङ्गमती शाहीलाई पिछडिएको क्षेत्र,नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया