७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

चीनले किन मान्यता दिएन नेपालको नयाँ नक्शा ?


August 30, 2023
0
Shares

काठमाडौं, १३ भाद्र । चीनले जारी गरेको नयाँ नक्शामा नेपालको नयाँ नक्शालाई मान्यता नदिएको पाइएको छ । उसको नयाँ नक्शामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्शा नभई पुरानै नक्शा उल्लेख छ ।

नेपाल सरकारले २०७८ सालमा नयाँ नक्शा जारी गरेको थियो जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समावेश छ । यसलाई चुच्चे नक्शा भन्ने गरिन्छ । यी भूभाग भारतले आफ्नो नक्शामा मात्र राखेको छैन नियन्त्रणमा समेत राखेको छ ।

चीनले सोमबार जारी गरेको नयाँ नक्शामा नेपालको चुच्चे नक्शा नराखेपछि सामाजिक सञ्जालमा बहस बनेको छ । सीमासम्बन्धी तीन देशको सीमा रहेको क्षेत्रमा चीनले नेपाललाई साथ नदिएको देखिएको छ ।

चीनले भारतको नियन्त्रणमा रहेको अरुणाञ्चल र लद्दाखका भूभाग भने आफ्नो नयाँ नक्शामा राखेको छ । यी भूभागमा दुई देशबीच विवाद रहँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको मिति नजिकिदै गर्दा नयाँ नक्शाबारे नयाँ विषय आएको छ । यसबारे उनले चीनसँग कुरा गर्ने नगर्ने चासो बनेको छ ।

नेपालमा चुच्चे नक्शालाई राजनीतिक मुद्या समेत बनाइएको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो नक्शालाई राजनीतिक लाभका लागि मुद्या बनाउने गरेका छन् । तर, उनले भारतबाट नेपालको भूभाग फिर्ता ल्याउने नतिजा दिन सकेका छैनन् । यतिसम्मकी ओली, प्रचण्डलगायत नेताहरुले चीनलाई समेत नेपालको नयाँ नक्शालाई मान्यता दिलाउने कूटनीतिक सफलता हासिल गर्न सकेको देखिएन ।

प्रतिक्रिया