सर्वेन्द्र खनाल अमेरिका किन गए
काठमाडौं, १२ भाद्र । पूर्व प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले निडर सुरक्षाकर्मीको परिचय बनाएर राजनीतिमा हामफालेका छन् । प्रहरी सेवाबाट बिदा भएपछि पनि उनी चर्चामा रहे । दुईपटक चुनाव लडे तर सफल भएनन् । खनाल राजनीतिबाट कत्ति पनि विचलित नहुने भन्दै भविष्यको तयारीमा रहेको बुझिएको छ ।
पछिल्लो समय खनालको अमेरिका ओहोरदोहोर बढेको छ । उनका दुई छोरीहरु अमेरिकामा अध्ययनरत छन् । जेठी छोरी एमबीबीएसको अध्ययन पूरा गरी थप अध्ययनमा छिन् । कान्छी छोरी कानूनमा स्नातक पूरा गरी थप अध्ययनमा छिन् । दुवै अमेरिकामा अध्ययन गरिरहेका छन् । यसकारण उनी परिवारसहित अमेरिका ओहोरदोहोर गरिरहन्छन् ।
पछिल्लो समय सर्वेन्द्रको अमेरिका बसाईं लामो रहँदा विभिन्न टिकाटिप्पणीहरु भए । उनको यसको जोडतोड जवाफ दिएका छन् । प्रहरी सेवामा रहँदा गैरकानूनी गतिविधिविरुद्ध आक्रामक हुँदा विभिन्न शैलीमा आक्रमण भएको र अहिले पनि भइरहेको उनको भनाई छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गैर कानुनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू मेरा विरुद्ध लागि नै रहे । मैले कुनै गैर कानुनी काम गरेको पनि छैन र यदि कहीँ कतै बाट त्यस्तो प्रमाणित हुन्छ भने म देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार छु ।’
खनाल लोकप्रीय हुनुका कारण पनि बेला बेलामा विभिन्न टिकाटिप्पणीको शिकार हुने गरेका छन् ।