रहेनन् सारुकका बुवा सानु ताम्राकार
काठमाडौं,९ भदौ । स्व.नायक सारुक ताम्राकारका पिता अभिनेता सानु ताम्राकारको निधन भएको छ । छोरोको मृत्युको शोकमा परेका सानुको हाशनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।
ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको चलचित्र कलाकार संघले जनाएको छ । ।
गत असार २१ गते छोरा सारुकले आत्महत्या गरेका थिए । पुत्र वियोगले बुवा सानु चिन्तामा थिए ।