८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

संसदमा नांगिएका अमरेशलाई चन्दा चौधरीले फेरि नंग्याइन्


August 25, 2023
0
Shares

काठमाडौं, ८ भाद्र । नेपाली काँग्रेस छाडेर प्रचण्डको भित्री साथमा स्वतन्त्र सांसद बनेका अमरेश सिंह विवादमा आइरहन्छन् । उनी केही महिना अघि संसदमा आफै नांगिएर चर्चामा आएका थिए । यसपटक भने उनलाई नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले नंग्याएकी छिन् ।

चन्दाले ललितपुरस्थित होटल भीभामा बागेश्वर धामका धीरेन्द्र शास्त्रीलाई भेट्न चार घन्टा कुरेको खुलासा भएको छ । त्यत्रो समय कुर्दा पनि भेट नपाएपछि अमरेश आक्रोशित भएका छन् ।

संसदमा बिहिवार अमरेशले आक्रोश पोखेका छन् । उनले बागेश्वर धामका धीरेन्द्र शास्त्रीमाथि धार्मिक द्वन्द्व फैलाउने काम गरेको आरोप लगाए ।

अमरेशको आरोपपछि नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले गम्भीर खुलासा गरेकी छिन् । उनले फेसबुकमा लेख्दै अमरेश सिंहले चार घन्टा प्रतिक्षा गर्दा पनि शास्त्रीलाई भेट्न नपाएको झोकमा आक्रोश पोखेको बताइन् ।

अमरेश सिंह भारतमा अध्ययन गर्दा भारतीय जनता पार्टीनिकट विद्यार्थी नेताहरुसँग नजिक थिए । पछिल्लो समय भने उनको दूरी ती नेताहरुसँग पनि बढ्दै गएको छ ।

प्रतिक्रिया