३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतमा पृथकतावादी गतिविधिको अभियोगमा जेलमा रहेका मलिककी पत्नी पाकिस्तानी प्रधानमन्त्रीका विशेष सल्लाहकार नियुक्त


August 18, 2023
0
Shares

एजेन्सी, १ भाद्र । भारतको जेलमा रहेका यासिन मलिककी पत्नी मुसल हुसेन मुलिक पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक ककरको विशेष सल्लाहकार नियुक्त भएकी छिन् । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले कामचलाऊ सरकार गठन गर्दा उनी विशेष सल्लाहकार भएकी हुन् ।

नयाँ क्याबिनेटमा १६ मन्त्री र मन्त्रीस्तरीय तीनजना सल्लाहकार नियुक्त भएका छन् । जसमध्ये मुलिक मानवअधिकार र महिला सशक्तिकरणसम्बन्धी विशेष सल्लाहकार छिन् ।

भारतीय सञ्चारमाध्यमले तीहाड जेलमा रहेका यासिन मलिककी पत्नीको नियुक्तिलाई प्राथमिकताका साथ स्थान दिएका छन् । मलिकमाथि भारतमा पृथकतावादी गतिविधिको आरोप छ ।

मलिक काश्मिरको श्रीनगरमा जन्मिएका हुन् । उनको विवाह पाकिस्तानकी मुलिकसँग भएको हो । मुलिक बेलायतमा अध्ययन गरेकी हुन् ।

प्रतिक्रिया