८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम


August 15, 2023
0
Shares

काठमाडौं,३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गालेपछि जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।

गाल्नुअघि उक्त सुन ६० किलो ७८९ ग्राम थियो । गालेपछि सुन ७३ ग्राम घटेको छ ।

गत ३ साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

 

प्रतिक्रिया