३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुनिल शर्माको पक्षमा ओली बोलेपछि देउवा क्याम्पमा खैलाबैला


August 14, 2023
0
Shares

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका सांसद सुनिल शर्माको पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्माले खुलेर बोलेपछि सभापति शेरबहादुर देउवा समूहमा खैलाबैला मच्चिएको छ । ओलीले शर्मालाई छानबिनका नाममा तर्साउन पक्राउ गरेको आरोप लगाएका थिए ।

शर्माले पनि ओलीको खुलेर प्रशंशा गरेका छन् । यो घटनाले देउवा समूहमा निकै चर्चा पाएको छ ।

विशेषगरी अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि शर्मा खनिनु र ओलीले शर्माको पक्षमा बोल्नुले आशंकाहरु व्यक्त गरिएको छ । सरकार ढाल्न डा. शेखर कोइराला समूह ओलीसँग भित्र भित्र मिल्न थालेको विषय अहिले चर्चाको विषय बनेको छ देउवा समूहमा ।

शर्माले भनेजस्तो काँग्रेसले सरकार छाड्ने पक्षमा जान चाहेन । संसदीय दलको बैठकमा सुन तस्करीको छानबिन सीआइबीले नै गर्ने अडानमा काँग्रेस रहेको छ ।

उपप्रधानमन्त्री समेत रहेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकार टिक्ने बताइरहेका छन् । तर, उनीमाथि बालकृष्ण खाँण पक्राउ पर्दा पनि प्रचण्डमाथि दबाब राख्न नसकिएको आरोप छ ।

शेखर निकट सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको खुलेर आलोचना गरे । उनले बालकृष्ण खाँणले हिरासत बाहिर रहेर आरोपको सामना गर्न पाउनुपर्ने बोले । खाँणलाई शिकार बनाइएको विषय अहिले देउवाइतर समूहमा चल्न थालेको छ ।

शर्माको पक्राउ र त्यसपछिको घटनाले देउवा समूहमा पनि ठूलै हलचल ल्याएको छ । प्रचण्ड सरकार ढाल्ने र बचाउने खेलमा काँग्रेसभित्र रस्साकस्सी स्पष्ट देखिन्छ । यसले कुनैपनि बेला ठूलै राजनीतिक भूकम्प ल्याउने सम्भावना बलियो बन्दै गएको छ ।

प्रतिक्रिया