२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

युरोप पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने इलामका उमेश सेतीसरुवाल पक्राउ


August 14, 2023
83
Shares

काठमाडौं, २९ साउन । पोर्चुगल पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने उमेश सेतीसरुवालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि ५ जना नेपाली युवाहरुलाई पार्चुगल पठाइदिने भन्दै जनही १५ लाख रुपैयाँ ठगी गर्ने सरुवाल आइतबार पक्राउ परेका हुन् ।

आइतबार काठमाडौंबाट उनलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।

उमेश इलाम जिर्भले–२ का जगबहादुर सेतीसरुवालका छोरा हुन् । उनले विभिन्न व्यक्तिहरुलाई पोर्चुगल पठाइदिने भन्दै जनही १५ लाख रुपैयाँ लिएको पीडित मध्येका एक सन्जय बानियाँले बताए । “हामी ३ जनालाई अजरबैजन भन्ने देशमा ३२ दिन राखेर भिसा सकिनै लाग्दा पनि पोर्चुगल नलगेर अलपत्र पारे । म आफैले नेपालको टिकट काटेर सिधै घर फर्किएको हु । म जस्ता सयौंलाई उनीहरुले अलपत्र पारेको छ, मैले १५ लाख दिएको छु ।”–उनले भने,“पोर्चुगल पुराइदिने शर्तमा म लगायत ३ जनाले खुुद १५र१५ लाख रुपैयाँ दिएका हौं । अहिले फोन पनि उठाउदैन् । उमेशलाई समातेर मात्र हुँदैन् मानव वेचविखन मुद्दा पनि चलाउनुपर्छ ।”

उमेश, बिनोद श्रेष्ठलगायतको गिरोहले युरोप,अमेरिका,अष्ट्रेलिया,माल्टा पठाउने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं रुपैयाँ ठगी गरेको पाइएको छ ।

 

 

प्रतिक्रिया