३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओलीले मागे प्रचण्डको राजीनामा


August 13, 2023
0
Shares

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करमा सरकार नै संलग्न भएको आरोप लगाएका छन् । आइतवार पत्रकार सम्मेलन गर्दै ओलीले तस्करीमा संलग्न रहेकाले सरकारले राजीनामा दिनुपर्ने बताए ।

प्रचण्डको नाम नलिई ओलीले भने, ‘सरकारले राजीनामा दिनुपर्दैन ?’ उनले गृहमन्त्रीले समेत राजीनामा दिनुपर्ने माग गरे ।

सुन तस्करलाई छोप्न नेतालाई जेल कोच्ने हल्ला चलाइएको बताए ।

‘सुन तस्करीमा सरकार नै संलग्न छ,’ ओलीले ठोकुवाका साथ भने, ‘यो घटनाबाट ध्यान मोड्न नेतालाई जेल कोच्ने हल्ला चलाएर जनताको ध्यान मोड्न खोजिएको छ ।’

सरकार सुन तस्करमा संलग्न भएरै उच्चस्तरीय छानबिन समिति गठन गर्न नमानेको टिप्पणी गरे । समिति गठन नभएसम्म सदन खोल्न नदिने ओलीको अडान छ ।

चुरोट भनेर सुन ल्याइएको र पक्राउ गरेको सुन हराएको उनको भनाई छ । सुन तस्करी गर्नेलाई नागरकिता दिनेको सिफारिश दस्तावेज नै लुकाइएको बताए ।

ओलीले मेडिकल व्यवसायी सुनिल शर्मालाई पक्राउ गरेकोमा पनि आपत्ती जनाए । शर्मालाई उजूरीकै आधारमा पक्राउ गरेर तर्साउन खोजेको टिप्पणी गरे ।

प्रतिक्रिया