३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्राज्ञिक विद्यार्थी परिषद् त्रिवि एकाईद्वारा व्यक्तित्व तथा नेतृत्व विकास तालिम


83
Shares

काठमाडौं, १८ साउन । शिक्षा क्षेत्रमा व्यापक सुधारको अभियानमा रहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपालको त्रिभुवन विश्वविद्यालय इकाईले छात्राहरूलाई नेतृत्व विकास तालिम दिएको छ । साउन १७ र १८ मा आयोजित व्यक्तित्व र नेतृत्व विकास तालिममा छात्राहरुको उल्लेख्य उपस्थिति रह्यो ।

विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्ययनरत छात्राहरूको नेतृत्व तथा व्यक्तित्व विकासका लागि छात्राहरूलाई मात्र सहभागी गराएर उक्त तालिम सञ्चालन गरेको थियोे ।

विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल प्रमुख प्रशिक्षक रहेको तालिममा आत्मजागरण, अनुभुती, प्रभावकारी संचार, निर्णय लिने क्षमताको विकास, अन्तरव्यक्तिगत सम्बन्ध, नैतिकता, राष्ट्रियता, संस्कार संस्कृति, सामुहिक कार्य, जस्ता विषयहरूको बारेमा व्यबहारिक, सैद्धान्तिक र प्रयोगात्मक रूपमा तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक सुजता फुयालले जानकारी दिइन् ।

तालिममा प्राज्ञिकका केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, राष्ट्रिय सचिव जानकी आचार्य, विश्वविद्यालय संयोजक अर्जुन बगाले श्रम तथा रोजगार मन्त्रालयमा उप सचिव लगायत परिषद्का कार्यकर्ताहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया