३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु


0
Shares

काठमाडौं, ७ चैत्र । कैलालीमा पास्नीमा भोज खाएर फर्किदै गर्दा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सोमबार राति जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर फर्कर्दै थियो । सोही क्रममा दुर्घटना हुन पुुगेको हो ।

प्रहरीको अनुसार भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरीको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
से १ त ८८७० नम्बरको ट्याक्टरको चालक सुरज चौधरी हुन् ।

प्रतिक्रिया