मुग्लिन–नारायणगढ सडकखण्डमा फेरी पहिरो,२ तर्फी बाटो अवरुद्ध
चितवन, १३ साउन । वर्षौदेखि बर्खा लागेदेखि नै मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रुहरुले सास्ती पाउँदै आएका छन ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान फेरी पहिरो खसेको छ । पहिरो खसेसँगै सो सडकखण्ड पुनः अवरुद्ध भएको हो ।
शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ को कालिखोला नजिकै सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको हो । File Photo