८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

तिनाउ खोलाले खतराको तह पार गर्यो, लुम्बिनीमा भारी वर्षा


0
Shares

काठमाडौं, ९ साउन । पछिल्लो ३ घण्टामा मकवानपुर,चितवन,तनहुँ, ३ नवलपरासी,३ पाल्पा, रूपन्देही,कपिलवस्तु,दाङ,३ प्यूठान,बर्दिया,कैलाली आसपास भारी बर्षा भइरहेको छ ।

नेपाल बाढी सूचना विभागले उक्त जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको जानकारी दिंदै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम बढी हुने भएकोले सर्तक रहन आग्रह गरेको छ । राजमार्ग अवरूद्द हुन सक्ने तर्फ समेत विभागले सर्तक गराएको छ ।

तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको छ । भारी वर्षाका कारण नेपालका केही स्थानमा बाढी आएको हो । नेपाल बाढी सुचना विभागले भर्खरै सार्वजनिक गरेको सूचना अनुुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतहले खतरा पार गरेको हो ।

तिनाउ नदीको बाढी बढ्दो रहेको छ । त्यसैले तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा विभागले सूचना जारी गरेको छ ।

त्यसैगरी, पछिल्लो ३–६ घन्टामा बागासोति, लालमाटिया, घोराही, शुक्रबारे,भालुबाङ,लमही, रातामाटा, बिजुवार, मारीखोला,हंसपुर र आसपास धेरै स्थानमा भारी बर्षा ,राप्ती र बबईको साना नदि, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी हुन सक्ने भन्दै विभागले सूचना मार्फत सर्तक रहन आग्रह गरेको छ ।

 

प्रतिक्रिया