५ आश्विन २०८१, शनिबार | September 21, 2024

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि


0
Shares

काठमाडौं, २ साउन । सत्तारुढ नेपाली कांग्रेसले एक वर्षपछि आज केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ । सोमबार बसेकोे पदाधिकारी बैठकले दश वटा एजेण्डा तय गरेको छ । सोही एजेण्डामा बैठकमा छलफल हुने जनाइएको छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो ।

पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुनेछ ।

कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ । त्यस्तै, केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रश्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया