३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सिल्क रोड देखि बीआरआई, नेपालमा चिनियाँ कम्युनिष्ट नेताको दौडधूप


0
Shares

काठमाडौं, १ साउन । नेपालमा चीनले प्रभाव बढाउन विभिन्न रणनीति चालेको छ । उसले ‘नयाँ सिल्क रोड’ को नामले विगतमा चलाएको गतिविधिलाई विश्वभर फैलाइरहेको छ । अर्कोतर्फ, पूर्वाधारसम्बन्धी बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) परियोजना बढाउन खोजेको छ ।

बीआरआई र सिल्क रोड मात्र नभई चिनियाँ सांस्कृतिक कार्यक्रम फैलाउन पनि चीनले विविध कार्यक्रम गर्दै आएको छ । यसका लागि चिनियाँ अधिकारीहरु धमाधम नेपाल आइरहेका छन् ।

नेपालमा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का नेताहरुको हरेक महिना जसो भ्रमण भइरहेको छ ।

जुलाई १२ मा सीपीसी नेता तु स्याओलिन नेतृत्वको टोली नेपाल भ्रमणमा आयो । टोली चिनियाँ पूर्वाधारसम्बन्धी परियोजना बेल्ट एण्ड रोड इनिटिएटिभ बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी भयो ।

स्याओलिनले नेपालमा बीआरआई कार्यान्वयनमा आइसकेको जसरी अभिव्यक्ति दिए । जब कि नेपाल सरकारले यसको कार्यान्वयन नभइसकेको बताउँदै आएको छ । उनले चीन निकट संस्था, थिंक ट्यांकसँग भेटघाट गरेका थिए ।

जून १६ मा सीपीसी को एशिया ब्युरोका उपमहानिर्देशक सु मिन नेतृत्वको टोली नेपाल आयो । टोलीले प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत मुख्य दलका नेताहरुसँग भेटवार्ता गरेको थियो ।

जून २३ मा पोखरामा भएको नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चीनका नेता देखि खेलाडीसम्म आए । उनीहरु चाटर्ड विमानबाट पोखरा उत्रिएर फेस्टिभलमा सहभागी भएका थिए ।

मई ३० मा सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईको नेतृत्वमो १४ जनाको टोली नेपाल भ्रमणमा आएको थियो । टोलीले नेपालका प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका अन्य नेताहरुलाई भेटेको थियो । जुलाई २३ अर्थात् साउन ७ मा सीपीसीको टोली नेपाल भ्रमणमा आउने भएको छ ।

नेपालमा कम्युनिस्ट पार्टी सरकारको नेतृत्वमा रहँदा चिनियाँ पक्षको भ्रमण बढ्ने गरेको छ । विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भई नेकपा रहँदा सीपीसीका उच्च तहका नेताहरुको भ्रमण भएको थियो ।

२०१७ मा एमाले र माओवादी बीच एकताको पहल भइरहँदा सीपीसीका नेता कुअ यचौ नेतृत्वको टोली नेपाल आएको थियो । टोलीले प्रचण्ड र ओली दुवैलाई भेटेको थियो । त्यसपछि एकताबाट नेकपा बन्यो ।

२०२१ मा नेकपा फुट्न लाग्दा यचौ पुनः नेपाल आएका थिए । उनले प्रचण्ड र ओलीलाई भेटेर नेकपा विभाजन रोक्न खोजे तर सकेनन् ।

नेकपा छँदा सीपीसीसँग संयुक्त प्रशिक्षण पनि भएको थियो । त्यतिबेला काठमांडूमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख तोङ साओ आएका थिए । सी चिनफिङ विचारधाराबारे दुई दिने वर्कशप नै भएको थियो ।

नेपालमा कम्युनिस्ट पार्टीहरु संसदमा दोस्रो र तेस्रो स्थानमा छन् । तेस्रो ठूलो दल माओवादी केन्द्र सरकारमा छ । जसका कारण पनि सीपीसीको गतिविधि बढेर गएको छ । विगतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा पनि चिनियाँ नेताहरुको दौडधूप उत्तिकै थियो ।

प्रतिक्रिया