२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सरकारले राष्ट्रपतिको उपचार खर्च बेहोर्ने


0
Shares

काठमाडौं, १९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराएको खर्च सरकारले बेहोर्ने भएको छ ।

१२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी राष्ट्रपति कार्यालयले वैशाख १९ गते उपचार खर्च स्वयमले बेहोर्न चाहेको सूचना सार्वजनिक गरेका थिए । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

प्रतिक्रिया