३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कोशी प्रदेशमा कार्की सरकार ढल्यो, अब के होला ?


0
Shares

काठमाडौं, १५ असार । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रवार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो ।

प्रदेशसभामा मतदान हुँदा मुख्यमन्त्री कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक थियो ।

कोशी प्रदेशमा सभामुखसहित ९३ सांसद छन् । मतदानमा ८९ सांसद मात्र उपस्थित भए । ३ सांसद अनुपस्थित भए ।

केन्द्र सरकार र ७ प्रदेशमध्ये कोशीमा मात्र एमाले नेतृत्वको सरकार थियो । कोशीमा पनि सरकार ढलेपछि एमाले केन्द्र र सबै प्रदेशमा प्रतिपक्षमा पुगेको छ ।

अब कोही प्रदेशमा कस्को नेतृत्वमा सरकार बन्ने अनिश्चित भएको छ । केन्द्रमा सरकार बनाएको सत्ता गठबन्धनसँग ४७ सांसद संख्याको बहुमत रहेपनि मुख्यमन्त्री कुन दलको हुने भन्ने सहमति बन्न सकेको छैन ।

कोशीमा एमालेको ४० र राप्रपाको ६ सांसद छन् । सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाको गरी ४७ सांसद छन् । जसमध्ये एक माओवादीका सभामुख पनि हुन् ।

प्रतिक्रिया