२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आजै बजेट पास गर्ने तयारी,असन्तृष्ट दलहरुको बैठक बस्दै


0
Shares

काठमाडौं,१३ असार । आज बिहान ११ बजे बस्ने संसद बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्नेछन् ।

बजेटमा असन्तुुष्ट दलहरुले बजेट पास गर्न दिने कि नदिने भन्ने विषयमा छलफल गर्न आजै बैठक बोलाएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी बाहेकका सत्ता साझेदार दलहरु जसपा, नेकपा (एकीकृत समाजवादी),नागरिक उन्मुक्ति पार्टीले अहिले बिहान संसदीय दलको बैठक बोलाएका हुन् ।

जनमत पार्टीले पनि आजै सो विषयमा निर्णय लिन लागेको बुझिएको छ । कांग्रेस र माओवादीले भने बजेटको पक्षमा मतदान गर्न यस अघि नै ह्पि जारी गरिसकेका छन् ।

आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० (बजेट) पास गर्ने तयारी छ ।

प्रतिक्रिया