८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

आयो आयो भन्दा भन्दै भाग्न भ्याएनन् गुरुङ परिवार, पहिरोले पुरिएर गयो पाँचजनाको ज्यान


0
Shares

काठमाडौं, ८ असार । ओखलढुंगामा पहिरोले पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । गएराति जिल्लाको चम्पादेवी गाउँपालिकाको गुरुङवस्तीमा पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पाँचैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा आमाबाबु, दुई छोरा र एक छोरी छन् । मृतक आमाबाबु युवा उमेरका थिए भने छोराछोरी बालकै थिए ।

अचानक पहिरो आउँदा गुहार माग्दै छिमेकीहरु भाग्न सफल भएका थिए । एक्ककासी पहाड नै खस्दा घटना भएको हो । मृतक परिवारकाले भने चालै पाएनन् । मध्यरात नजिकै घटना हुँदा उनीहरु पुरिएका थिए ।

पहिरोले चार घर पुरै भत्किएकोमा तीन घरका परिवारले भागेर ज्यान जोगाएका छन् । घटनास्थलमा उद्धार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया