५ आश्विन २०८१, शनिबार | September 21, 2024

पत्रकार सापकोटामाथि हातपात गर्ने गिरीमाथि कारबाही गर्न पत्रकार महासंघको माग


0
Shares

काठमाडौं । स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुव्र्यवहार गर्नुका साथै आक्रमण प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराएको हो ।

महासंघ घटनाको निष्पक्ष छानविन गरी कानुनी कारवाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

‘गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । ‘समाचारको विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमणको प्रयास र दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रता माथिको आक्रमण हो ।’, महासंघका सचिव गोविन्द प्रसाद चौलागाईंले जारी गरेको प्रेस विज्ञप्तिमा विज्ञप्तिमा उल्लेख छ ।

सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरी सहितको एक समूहले बुधवार अनामनगरमा दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गरेका थिए । त्यसपछि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज अदालतमा म्याद थपको तयारी भइरहेको छ ।

प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानुनी वाटो अवलम्बन गर्नुको साटो दुव्र्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया