३ आश्विन २०८१, बिहिबार | September 19, 2024

महानायक राजेश हमाललाई प्रश्न नै प्रश्न !


166
Shares

हेम शंकर गिरि । केही दिन पहिला नेपालका एकजना नेपाली फिल्म सुपरस्टार अर्थात फिल्मि नायक मध्येका महानायकको रुपमा कहलिएका राजेश हमालले दिएको अभिब्यक्तिमा यो परिवर्तन अर्थात गणतन्त्रपछि देशमा कुनै समस्या छैन,जनता सुखी र समृद्ध छन,बिकासले फड्को मारेको मार्रै छ,दिनानुदिन देशभित्रै रोजगारको थप सृजनाहरु निरन्तर रुपमा भएका छन् ,नागरिकको सबै खाले मौलिकहकहरु सुरक्षित र बलिया भएका छन,न्याय, सुशासन र विधि पिल्लर झैं स्थापित भएका छन,उत्पादन बढेको बढ्यै छ,मुलुक पुर्णरुपमा आत्मनिर्भरताको बाटोमा अगाडि बढेको छ,राष्ट्रिय एकता मजबुत बनेकोछ, मुलुकको स्वाधिनता,स्वतन्त्रता र सार्बभौमिकताको जग नै यही गणतन्त्रले बलियो बनाएको हो ।

यो परिवर्तन अगाडि नेपाली नागरिक स्वाभिमानी थिएनन,कुनै मुलुकको दास थिए,कृषि उत्पादन केही थिएन,प्राय नेपाली नागरिकहरु खालि खुट्टाले कछाड,कट्टु र धोतिमा महिनौ दिन हिंडेर राजधानी आउंथे,एकछाक खान कठिन थियो,बोल्न जान्दैनथे ,मुलुकमा उत्पादन केही थिएन,कुनै भौतिक पुर्वाधारको बिकास भएकै थिएन,उद्योगधन्दा कलकारखाना नै थिएन र हाम्रो मुलुकबाट कोरिया लगायतका मुलुकमा खाद्यान्न निर्यात हुन्थो भन्ने कुरा सत्य हुँदै होईन तर राजाबादीहरुले यसको ठिक उल्टो प्रचारबाजी गरेर देश डुबेको भ्रम छरेका हुन भन्ने भाष्य निर्माण गरि अभिब्यक्ति दिदै व्याख्या गरेको देख्दा अचम्म र उदेक लाग्यो !

मलाई लाग्दथ्यो राजेश हमाल फिल्मको हिरो मात्र होइनन,एउटा समाजसेवी,शिक्षित देशप्रेमी ब्यक्तिपनि हुन । उनको परिवारिक बिरासतलाई हेर्दापनि देशभक्तकै कित्तामा पर्छन तर उक्त अभिब्यक्ति सुन्दा र हेर्दा म मात्र नभई सबै देशभक्त नागरिकहरु अचम्मित भएको अवस्था छ ! हुन त सभ्रान्त परिवारमा जन्मभई शहरमा हुर्किंई मुलुकको ईतिहास,संस्कृति,कुषि,अर्थशास्त्र र भुगोलको अध्ययन भन्दापनि अंग्रेजी बिषयमा डिग्री हासिलपछि रंगिन दुनियांमा भुल्दै फिल्मी कथाकारले रचेको काल्पनिक कथा अनि त्यही कथाले मागे अनुसार निर्देशकले सिकाए बमोजिम कट एक्शनमा नाच्ने,गाउंने,रुने,कराउने,लडाइँ लड्ने,हिरोईनीलाई आकर्षित गर्ने,भाषण गर्ने र बिरोधिलाई परास्त गर्ने जस्ता अभिनयहरु गर्ने एउटा कलाकारले समाज र देशलाई गहिरिएर हेर्न र बुझ्न नसकेको हुनपनि सक्छ ।

त्यसैगरी उनले जुन दल र बिचारसंग हिंडिरहेका छन,जुन बिचार तथा दलबाट स्कुलिङ पाएका छन र जुन बिचारवालाहरुले उनलाई राम्रो स्थानको ब्यवस्था गरिदिएको छ त्यही बिचार र दलको भाषा बोल्नै पर्ने बाध्यतापनि हुनसक्छ उनमा ! तर मुलुकको एउटा साझा कलाकार त्यहीमाथि हिरोहरुकोपनि हिरो अर्थात महानायकले आजको नेपाल र नेपालीको अवस्था नबुझी सतही ढंगले आयातित ब्यवस्था र ईण्डोपश्चिमा एजेण्डाको पक्षपोषण गर्दै दुहाई दिनाले आगामी दिनमा आम देशभक्त नेपाली नागरिकले उनिप्रति कुन दृष्टिकोणले हेर्नेछन र उनले पाएको महानायकको पगरी कति सम्मानित र सुरक्षित हुन्छ त्यो त समयले निर्धारण गर्ला नै ! अब म उनै चलचित्र महानायक राजेश हमाललाई यसै लेख मार्फत निम्न प्रश्न गर्न चाहान्छु ।

(१) २०४६ सालभन्दा अगाडि मुलुकभर राष्ट्रिय स्तरका उद्योग उद्योग धन्दा कलकारखाहरु कति थिए र आज त्यो कहाँ पुग्यो ?

(२) २०६२ सम्म देशको अन्तराष्ट्रिय ऋण कति थियो र अहिले कति पुग्यो साथै जन्मनासाथ प्रत्येक नेपालीको टाउकामा ऋण कति पुग्यो ?

(३) २०४६ सालभन्दा अडाडि मुलुकभर कृषियोग्यभुमी कति हेक्टर थियो र अहिले कति बांकी छ त्यसैगरी पहिला उत्पादन कति थियो र अहिले कति छ ?

(४) २०५२ सालसम्म नेपालमा उत्पादित खाद्यान्न कोरिया लगायतका मुलुकमा जाने गरेको तथ्यांक सम्बन्धित मन्त्रालय तथा बिभागहरुमा गएर लिएर र अध्ययन गरि बोलेको कि बिना तथ्यांक हचुवामा बोलेको ?

(५) यो अहिलेको केही किकास र नागरिकमा समयानुकुल बिश्वब्यापी रुपमा आएको परिवर्तनलाई यो आयातित ब्यवस्थाको योगदान देख्नुलाई के भन्ने ? बिकास भन्ने कुरा समयानुकुल निरन्तर प्रकृया हो कि होईन ? त्यो युगमा अहिलेको अमेरिका,चीन,भारत लगायत संसारका सबै देशहरु र त्यहाँका नागरिकहरुको अवस्था सुरुदेखि नै सृदुढ र बलियो थियो त ? त्यहाँ विभेद थिएन ? गरिबि थिएनन ? पछौटेपन थिएन ?

(६) २०४६ भन्दा अगाडि नेपाल कुन कुन बस्तुमा पुर्णरुपमा परनिर्भर र आत्मनिर्भर थियो ? त्यही दांजोमा अहिलेको अवस्था के र कस्तो छ तथ्यांकको आधारमा बोलेको कि हचुवामा बोलेको ?

(७) अहिले ७० लाखभन्दा बढी हाम्रा छोरा छोरीहरु बिदेशिनुको बाध्यताहरु के के हुन ? अनि तिनैले ४५ डिग्रिमा सेकिएर पठाएको रेमिटान्सको आधारमा टिकेको अर्थतन्त्रको सकारात्मक पाटोलाई यो गणतन्त्रको उपलब्धि देख्नु कति बुद्धिमानी हो ? श्रम बेचेर समृद्धि आउने हो कि बेचेर ?

(८)पुर्बपश्चिमराजमार्ग,अरनिकोराजमार्ग,पृथ्विराजमार्ग,४५ जिल्ला सदरमुकाम जोड्ने बाटो,४५ वटा अस्पताल,पांचै बिकास क्षेत्रमा औद्योगिक क्षेत्र,सयौं उद्योग धन्दा कलकारखाना,राजधानीका दर्जनौ सरकारी भवन,त्रिभुवन विश्वविद्यालय,सयौ सरकारी क्याम्पस तथा स्कुलहरु कसको पालामा कति समयमा बनेको हो थाहा छ ?

(९) नेपालको अर्थतन्त्रलाई टेवा दिने पुंजिहरुको लगानीहरु स्वदेशी बढी छ कि बिदेशी ? अनि बिदेशी लगानीमा मुलुकको भबिश्य सुनिश्चित बन्छ कि स्वदेशी लगानीमा सुनिश्चित बन्छ ?

(१०) यति सानो तथा राष्ट्रिय उत्पादन कम भएको मुलुकमा नागरिकको टाउकामा करमाथि कर थोपरेर संसारमै लाजमर्दाे उदाहरणको रुपमा ९४५ मन्त्रि र सांसद,तिनका निजि सचिवालयहरु,७ प्रदेश संरचना,६ हजारभन्दामाथि उच्च भिआईपि र ३३ हजारभन्दा बढि स्थानीय स्तरका जनप्रतिनिलाई भारी सुविधा सहित पालनपोषण गर्नु लोकल्याणकारी ब्यवस्था हो ? राजनिति समाज सेवा हो कि कमाई खाने भांडो हो ? २०६२ भन्दा अगाडि यही परिपाटी थियो ?

(११) २०४६ अगाडिको नेपालको प्राकृतिक सौन्दर्यता,हिमालदेखि तराईसम्म रहेको प्राकृतिक स्रोत साधन र नदिनालाहरु जस्ताको त्यस्तै छन र अहिले ती सबै हाम्रो अधिनमा छन ?

(१२) हाम्रो बिशिष्ट खाले बिबिधता,मौलिक धर्मसंस्कृति र पहिचान सुरक्षित छ ? २०६२ देखि अहिलेसम्म आईपुग्दा देशको कुना काप्चासम्म करिब १८ हजार चर्च बनेको थाहा छ कि छैन ?

(१३) यो ब्यवस्थाले मुलुकको कुनचाहिँ निकायहरुलाई साझा,निश्पक्ष र मुलुकप्रति उत्तरदायी बनाएको छ ? मुलुकको निजामति,प्रहरी र न्यायलयलाई साझा र मुलुकप्रति उत्तरदायी बनाईएको छ ? शिक्षक,प्राध्यापक,ईन्जिनियर,डाक्टर,वकिल र बिद्यार्थी साझा छन ?

(१४) अहिले हाम्रो भन्ने चिज के के बांकी र के के सुरक्षित छ ? नेपालको राजकीय सत्ताको चाबि कसको हातमा छ र त्यो सुरक्षित छ ? मुलुकको स्वाधिनता,सार्बभौमिकता,स्वतन्त्रता,राष्ट्रिय अखण्डता र आदिमयुगदेखि कायम आपसी समाजिक सदभाव,धार्मिक सहिष्णुता र राष्ट्रिय एकता सुरक्षित छ ?

(१५) न्याय,सुशासन र विधि सुरक्षित छ ? छभने कहाँ र कसरी छ ?

(१६) २०४६ अघिका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ उपचार नपाएर मर्नुपर्याे तर त्यसपछिका नेता र नेताका नातागोताले समेत उपचारको नाममा र आर्थिक सहायताको नाममा राज्य कोषबाट लिएको खर्बाै रकम बारे कत्तिको जानकारी छ ?

(१७) २०४८ देखि २०८० सम्ममा आईपुग्दा यो ब्यवस्थाका ठेकेदारहरुले बिदेशी शक्तिको आडमा गरेको ८ दर्जन राष्ट्रघात,कुकर्म र भ्रष्टाचारहरुको फेहरिस्थ थाहा छ कि छैन ? छैनभने मैले अघिल्लो महिना जेठ ५ गते काठमाण्डौ प्रेस अनलाइनमा लेखेको प्रमाण सहितको फेहरिस्त हेर्नुहोस ।

(१८) २०४६ सम्म देशमा भएको सरकारी तथा सार्बजनिक जग्गाहरु कसरी र कहिले कहिले कस कसको पालामा बेचेर खाए थाहा छ ? अनि अब सरकारी तथा सार्बजनिक जग्गाहरु कति बांकी छन ?

(१९) के २०६२ अगाडि नेपाल अन्तराष्ट्रिय भुराजनितिक चपेटामा परेको थियो ? अहिले कस्तो अवस्था छ ?

(२०) अहिले पुंजि र दक्ष जनशक्ति पलायन के र कसको कारणले भयो ?

(२१) जातीयता र क्षेत्रियताको नाममा समाज बिखण्डनको रेखा कसले र कुन ब्यवस्थाले कोरेको ?

(२२) जुन ब्यवस्थाका मसिहाहरु जनता चुसेको करबाट बिदेश उपचार गर्न लाईन लाग्छन,देशमा एउटा गतिलो अस्पताल बन्न सक्दैन अनि कसरी यो ब्यवस्था ठिक भएछ ?

(२३) अहिले हाम्रो देशको बिश्वविद्यालयहरुलाई कुन हालतमा पुराउन खोजिदैंछ र त्यो किन थाहा छ ?

(२४) अहिले चामल,गहुं,मकै,दाल तथा अन्य तरकारीहरु गरेर बार्षिक कति अर्बको आयात हुन्छ ? हाम्रो कृषकले उत्पादन गरेको तरकारी ,फलफुल र दहिदुधले बजार पाउने गरेको छ कि सिमापारीबाट आउनेले बजार पाउने गरेको छ ? कृषकलेसजिलै मल र बिउबिजन सजिलै सर्बशुलभ पाएका छन ? त्यसको डाटा हेरेर बोलेको कि कसैले सिकाएर बोलेको ?

(२५) तपाईं र तपाईंको चरित्र नजिकबाट चिन्नेहरुले अनि तपाईंले बिगतमा गरेका नैतिकहिन कर्तुतहरुको सबै सुचना भएकाहरुले तपाईंलाई पनि नाङ्गो बनाएर समाजमा मुख देखाउन नसक्ने हालतमा पुराउन नसक्लान र ? आजभन्दा २७÷२८ बर्ष पहिलाको नग्न तस्बिर नदेखेको हो र ? आफुलाई जन्म दिने पिता भगवान सरह हो कि होईन तर तपाईंले पारिवारिक अनुशासन र कर्ब्यको पालना गरेर पितालाई मर्यादा राख्नु भएको थियो ? अनि तपाईं जस्ताले देशभक्तहरुमाथि दोष दिन मिल्छ ?

(२६) अन्तमा यो देशलाई माया गर्ने देशभक्तहरु बिरुद्ध अभिब्यक्ति दिनुभन्दा पहिला आफुले बिगतमा गरेका अनैतिक हर्कतहरु सम्झनुहोस र पश्चताप गर्नुहोस । तपाईंले कान्तिपुरमा चलाएको जातका कुरा कार्यक्रमले के सन्देश दिएको र के उद्देश्य थियो त्यो कुरा आम नेपालीलाई थाहा छैन र ?

(लेखक पुर्ब सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हुन् ।)

प्रतिक्रिया