२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

अक्सिजन ३८ घण्टाका लागि मात्र बाँकी, पाँच चर्चित व्यक्तिहरुको जिवितै उद्धार होला ?


0
Shares

एजेन्सी, ६ असार । प्रशान्त महासागरमा हराएको पनडुब्बीको खोजीलाई तिव्रता दिइएको छ । पनडुब्बीमा अबको ३८ घण्टालाई मात्र पुग्ने अक्सिजन बाँकी छ । त्यो अवधिमा पत्ता लागेमा मात्र पाँच यात्रीलाई जिवितै भेट्ने सम्भावना रहन्छ ।

पनडुब्बी खोज्दा समुन्द्रभित्र आवाजहरु सुनिएको खबर आएका छन् । त्यसले खोजीमा लागेकाहरुमा आशा जगाएको छ ।

ओसनगेट नामको कम्पनीले पनडुब्बी सञ्चालन गरेको हो । जसले टाइटानिक जहाजको भग्नावशेष देखाउन लाने गरेको छ ।

पनडुब्बीमा घुम्न प्रत्येक सिटलाई साँढे २ लाख डलर अर्थात् ३ करोड नेपाली रुपैयाँ बराबर तिर्नुपर्छ । विश्वका अर्बपतिहरु नै पनडुब्बीमा घुम्न जाने गरेका छन् ।

हराएको पनडुब्बीमा बेलायतका अर्बपति व्यवसायी हमिश हार्डिङ, पाकिस्तानका व्यवसायी सहजादा दाउद र उनका किशोर छोरा सुलेमान दाउद, फ्रान्सेली यात्री पाउल हेनरी नर्गिओलेटका अलावा ओसनगेटका सीइओ स्टकटन रस छन् ।

हमिश हार्डिङ धेरैवटा गिनिज बुक अफ द वल्र्ड रेकर्ड राखेका व्यक्ति हुन् । उनी साहसिक गतिविधि रुचाउँछन् ।

ओसन गेटको टाइटान पनडुब्बी ४ हजार मिटर पानीभित्र जान सक्छ । यो विश्वको एकमात्र त्यस्तो पनडुब्बी हो जसमा पाँच यात्री समुन्द्रभित्रको यात्राबाट मज्जा लिन सक्छन् ।

 

प्रतिक्रिया