८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

आजदेखि ७० वर्ष लागेका डा.भट्टराईले सम्झिए २४ वर्षमा गरेको प्रतिबद्धता


0
Shares

काठमाडौं, ४ असार । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आजदेखि ७० वर्ष लागेका छन् । आफूले सात दशक पार गरेको अवसरमा डा.भट्टराईले २४ वर्षको उमेरमा गरेको प्रतिबद्धता स्मरण गरेका छन् ।

२०३५ बैशाख १ गते जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको र सोही बाटोमा निरन्तर ४५ वर्ष हिडेर यहाँसम्म आइपुुगेको पनि उनले स्मरण गराएका छन् ।

गाउँको एउटा सामान्य किसान परिवारको व्यक्तिलाई उच्चतम शिक्षा सहित ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा सहभागी भएर संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने र देशको प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी बहन गर्ने अवसर दिएको भन्दै भट्टराईले सम्पूर्ण नेपालीहरुप्रति आभार व्यक्त गरेका छन् ।

जीवन नश्वर र क्षणभंगूर छ।अतः जन्म र मृत्यु वीचको सीमित समयभित्र प्रत्येक सचेत व्यक्तिले आफ्नो जीवनको परिभाषा गरेर आफ्नो ककक्ष्य निर्धारण गर्छ र त्यसको प्राप्तिनिम्ति दत्तचित्त रहन्छ। त्यसैको आधारमा उसले र इतिहासले उसको मूल्यांकन गर्छ।

मैले पनि २४ बर्षको उमेरमा २०३५ वैशाख १ गते आफ्नो जीवनको लक्ष्य किटान गरेर सचेत सामाजिक जीवनको यात्रालाई एउटा निर्दिष्ट दिशा दिएको थिएकक।त्यही बाटोमा निरन्तर ४५ बर्ष हिंडेर यहाककसम्म आइपुगेको छु । बाकककी जीवन पनि त्यही आदर्श र बाटोमा समर्पण गर्ने प्रतिबद्धता सहित यहाकक त्यसलाई स्मरण गर्न चाहन्छु

“जीवन नश्वर र क्षणभंगूर छ । अतः जन्म र मृत्यु वीचको सीमित समयभित्र प्रत्येक सचेत व्यक्तिले आफ्नो जीवनको परिभाषा गरेर आफ्नो लक्ष्य निर्धारण गर्छ र त्यसको प्राप्ति निम्ति दत्तचित्त रहन्छ । त्यसैको आधारमा उसले र इतिहासले उसको मूल्यांकन गर्छ।”–भट्टराईले लेखेका छन् ।

हेर्नोस् डायरीको रिपोट 

“जीवनको लक्ष्यः संसारमा शास्वत ‘सत्य’ पत्ता लगाउन र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने। यस अनुसार विश्वमात्रलाई कर्मक्षेत्र र मानवमात्रलाई सेवाको पात्र बनाए पनि ‘नेपाल’लाई यो कर्मक्षेत्रको एउटा ‘इकाइ’ मानेर यसैको सीमाभित्र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने। यसकोनिम्ति विद्यमान सामाजिक,राजनैतिक मान्यतालाई नाश गरेर नयाककमान्यताको प्रादुर्भाव गर्नुपर्ने अवश्यम्भावी छ। सामन्तवाद र त्यसको पृष्ठपोषक राजतन्त्र नेपालभित्रका ‘अन्याय’ र ‘असत्य आचरण’ को मूल कारण भएकाले यसको विनाश गरेर मानवमात्रमा समानता र न्याय कायम गर्ने व्यवस्था कायम गर्न आफ्नो अग्रिम भूमिका हुनेछ।यसको प्राप्तिको मार्ग हुनेछ ‘मार्क्सवाद’। आफ्नो भूमिका मुख्यतया क्रान्तिकोनिम्ति सैद्धान्तिक आधार तयार गर्नु र क्रान्तिपश्चात देशलाई सैद्धान्तिक नेतृत्व दिनुमा केन्द्रित हुनेछ। सक्रिय राजनीतिमा सकभर नलागे पनि आवश्यक परेमा नेतृत्व दिन नहिच्किचाउने। अन्यथा आफ्नो जीवन एउटा मार्क्सवादी विद्वान,दार्शनिक,लेखक र समाजसेवीको रूपमा व्यतित हुनेछ। व्यक्तिगत जीवन मानवको शक्तिले भ्याउनेसम्म आदर्शवादी हुनेछ। सच्चा मार्क्सवादीको रूपमा मानवमात्रका हितमा आफ्नो जीवन लगाउनेछु। स्वार्थन्धताको साककघुरो घेरामा बाककधिनबाट बच्न आफ्नो कुनै ‘परिवार’ कायम गर्नेछैन, सबै मानिस आफ्नोनिम्ति ‘आफन्त’ हुनेछन् तर आफुलाई यो घोषित मार्गबाट विचलित नगराई यसैमा लाग्न अरू प्रेरणा दिने कुनै स्त्री भेटिए विवाह गरेर व्यक्तिगत जीवन चलाउन पनि हिच्किचाउने छैन।

किनकि सन्तानोत्पादनद्वारा मानवको वंश कायम गर्नु पनि मानिसको एउटा कर्तव्य हुन्छ।परन्तु वासनाले आफुलाई वशमा पार्न कहिल्यै दिनेछैन।निर्दिष्ट मार्गबाट बहकाउने कुनै कुरामा ध्यान दिनेछैन। ‘आदर्श मानव’ बनेर अरूलाई उदाहरण देखाउनु आफ्नो जीवनको मूल लक्ष्य हुनेछ। तर यी सब मार्क्सवादसंग सहमत हुनेछन्– किनकि यो नै एकमात्र वैज्ञानिक ‘वाद’ हो–यसलाई पनि सम्भव भए (आवस्यकता अनुसार) अरू प्रगतिशील बनाउने प्रयत्न भने हुनेछ। ‘धर्म’ र ‘ईश्वर’ जस्ता अन्धविश्वासमा कहिल्यै लाग्नेछैन। मानिसको विवेक र ज्ञान आफ्नो मुख्य हतियार हुनेछ। आफ्नो उद्देश्यको पूर्ति गर्न संघर्षरत हुन कहिल्यै डराउनेछैन। मलाई आफ्नो शक्तिमा पूर्ण भरोसा छ र ज्ञान हासिल गर्न र आत्मानुशासनमा रहन कहिल्यै चुक्नेछैन।”

 

प्रतिक्रिया