३ आश्विन २०८१, बिहिबार | September 19, 2024

टोपबहादुर र बालकृष्ण खाँणसहित १६ अभियुक्त अदालतको आदेशले कारागार चलान


0
Shares

काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ अभियुक्त कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशले उनीहरु आजै कारागार चलान भएका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दाको अन्तिम किनारा लगाउने आदेश समेत जारी गरेको हो ।

कारागार चलान भएकाहरुमा निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल समेत छन् । पक्राउ परेकामध्ये २ जनालाई धरौटीमा रिहा गर्न आदेश अदालतले दिएको छ ।

सरकारी वकिलको कार्यालयले जेठ ८ मा पक्राउ परेका १६ र फरार १७ गरी ३३ जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित तीन कसूरमा मुद्या दायर गरेको थियो । उनीहरुविरुद्ध नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लान करोडौं रकम ठगीको आरोप छ ।

प्रतिक्रिया