२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बेइजिङमा नेपालका कम्युनिस्ट नेतालाई बोलाउँदै रणनीतिक प्रभाव बनाउँदै चीन


0
Shares

काठमाडौं, ३० जेठ । चीनले नेपालमा रणनीतिक प्रभाव बढाउँदै लान खोजेको छ । रणनीतिक अस्त्रहरु एकपछि अर्को प्रयोग गर्दै आएको छ ।

ब्रीक एण्ड रोड इनिडिएटिभ (बीआरआई) लागू गर्ने उसको प्रयास चलिरहेको छ । चीनले त लागू भइसकेको दाबी गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई अन्तर्गत नै भनेको छ ।

निर्माण क्षेत्रमा चीनको आक्रामक सहभागिता छ । जलविद्युत आयोजनामा पनि लगानी बढाउन खोज्यो चीनले । तर, भारतले चीनको लगानीका जलविद्युत आयोजनाबाट विद्युत खरिद नगर्ने गरी नियमावली बनाएपछि पछि हटेको छ चीन ।

पछिल्लो समय चीनले वामपन्थी नेताहरुलाई धमाधम बोलाइरहेको छ । एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरु चीन पुगेर फर्किए ।

अहिले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीनमा छन् । उनी नेकपा एमालेका हुन् । तिमिलिस्नाले चिनियाँ जनकँग्रेसका अध्यक्ष चाओ लचीबीच भेटवार्ता गरे । बेइजिङमा सोमवार भएको भेटमा दुई देशको विधायक निकायबीच सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको छ ।

नेपाल र चीनबीच विकास र समृद्धीका क्षेत्रमा मिलेर अगाडि बढ्ने क्षेत्रका बारेमा पनि छलफल भएको जनाइएको छ ।

लचीले ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्न आवश्यक पूर्वाधार निर्माणबारे पनि कुराकानी गरेका छन् । उनले ग्लोबल सेक्युरिटी इनिटिएटिभ र ग्लोबल सिभिलाइजेशन इनिशिएटिभमा नेपाललाई सहभागी हुन स्वागत गरेका छन् ।

६ सांसदका अलावा अन्य २ व्यक्तिसहित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना चीन भ्रमणमा छन् । यसरी चीनले बेइजिङमा राजनीतिक तहमा नेताहरुलाई निम्तो गर्दै आएको छ । आफ्नो प्रभाव बढाउने चीनको रणनीतिका रुपमा यसलाई बुझ्न थालिएको छ ।

प्रतिक्रिया