८ मंसिर २०८१, शनिबार | November 23, 2024

जग्गाको कित्ताकाट फुकुवा घोषणा


0
Shares

काठमाडौं, १५ जेठ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको घोषणा गरेको छ । आज सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमार्फत् कित्ताकाट फुकुवा गरेको उल्लेख गरेका हुन् ।

कित्ताकाट फुकुवासँगै घरजग्गा क्षेत्रमा कारोबार विस्तार हुने विश्वास लिएका छन् । उनले घरजग्गाको विक्री मूल्यलाई यथार्थपरक बनाउन वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने समेत बताए ।

कित्ताकाटमा कडाई गरिएपछि देशभर घरजग्गा कारोबारमा मन्दी आएको छ । यसले देशको सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको छ ।

प्रतिक्रिया