२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

इन्जिनियरद्वयको पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति, विभिन्न संघ-संस्थाको ऐक्यबद्धता


November 6, 2026
913
Shares

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएपछि इन्जिनियरिङ क्षेत्रबाट विरोध र असन्तुष्टि व्यक्त हुन थालेको छ।

उक्त घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण जनाउँदै गत कार्तिक १४ गते प्रेस विज्ञप्ति जारी गरेको थियो।

एसोसिएसनले उठाएको विषयप्रति विभिन्न इन्जिनियरिङ संघ-संस्थाहरूले समेत ऐक्यबद्धता जनाएका छन्। उनीहरूले एसोसिएसनको मागप्रति पूर्ण सहमति प्रकट गर्दै इन्जिनियरद्वयको पक्राउ प्रकरणमा संस्थागत चासो र समर्थन व्यक्त गरेका हुन्।

यस घटनाले प्राविधिक तथा इन्जिनियरिङ क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत सुरक्षा, जिम्मेवारी निर्वाह गर्ने वातावरण र कानुनी प्रक्रियाका विषयमा समेत बहस सिर्जना गरेको छ। इन्जिनियरिङ संघ-संस्थाहरूको बढ्दो ऐक्यबद्धताले यो विषय दुई जना इन्जिनियरको पक्राउमा मात्र सीमित नरही समग्र पेशागत क्षेत्रको चासोका रूपमा अघि बढेको देखिएको छ।

 

 

प्रतिक्रिया