१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

जेष्ठ नागरिकलाई किन टेलिभिजन दिए शैलेन्द्रराज बानियाँले ?


November 2, 2026
166
Shares

काठमाडौं, कात्र्तिक १६ । नेपाली कांग्रेस मकवानपुरका जिल्ला कार्यसमितिका सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका युवा समाजसेवी शैलेन्द्रराज बानियाँले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई एक थान टेलिभिजन सहयोग गरेका छन् ।

ज्येष्ठ नागरिकको दिनचर्यालाई सहज, मनोरञ्जनपूर्ण तथा ज्ञानबद्र्धक बनाउने उद्देश्यले बानियाँले सेवा केन्द्रलाई टेलिभिजन प्रदान गरेका हुन् । टेलिभिजन प्राप्त गरेपछि केन्द्रमा रहेका ज्येष्ठ नागरिकले विभिन्न सूचना, मनोरञ्जन तथा ज्ञानबद्र्धक कार्यक्रम हेर्न पाउने छन् ।

टेलिभिजन हस्तान्तरण कार्यक्रममा ज्येष्ठ नागरिक बुबाआमाहरूको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस हेटौँडा–१८ वडा कार्यसमितिका सभापति लालबहादुर जिम्बाको सभापतित्वमा र नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य पुरुषोत्तम ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजसेवामा साना तर अर्थपूर्ण सहयोगले पनि समुदायमा सकारात्मक प्रभाव पार्न सक्ने सन्देशसहित बानियाँले ज्येष्ठ नागरिकको सहजता र मनोरञ्जनलाई ध्यानमा राख्दै उक्त सहयोग गरेका हुन् । बानियाँ राजनीतिसँगै समाजसेवा गर्दै आएका छन् । उनले आफ्नो सानो सहयोगले केन्द्रमा बस्ने बुबाआमाहरुलाई थप सहजता हुने विश्वास गरेका छन् ।

प्रतिक्रिया