२५ आश्विन २०८३, आइतबार | October 11, 2026

एनभिए मकवानपुर च्याप्टरको अध्यक्षमा इन्जिनियर अनिल बानियाँ निर्वाचित


October 11, 2026
830
Shares

मकवानपुर । नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) मकवानपुर च्याप्टरको दोस्रो वार्षिक साधारण सभाबाट इन्जिनियर अनिल बानियाँ अध्यक्षमा निर्वाचित भएका छन्।

साधारण सभाले बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा इन्जिनियर रवि आचार्य, सचिवमा इन्जिनियर सौरभ सुवेदी र कोषाध्यक्षमा इन्जिनियर असगर अन्सारी निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा इन्जिनियर प्रकृति महर्जन, इन्जिनियर कृष्ण अधिकारी, इन्जिनियर अर्नल खतिवडा, इन्जिनियर दिवश चौधरी र इन्जिनियर भावुक नेपाल निर्वाचित भएका छन्।

कार्यक्रममा नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष इन्जिनियर संजय कुमार महतो प्रमुख अतिथि तथा महासचिव इन्जिनियर अशोक सिलवाल र कोषाध्यक्ष इन्जिनियर सन्देश श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष महतोले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै मूल्याङ्कन कर्ताहरूको हकहित संरक्षण, व्यावसायिक मर्यादाको प्रवर्द्धन र संस्थागत एकता सुदृढ गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

अध्यक्षमा निर्वाचित बानियाँले आफूलाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा एसोसिएसनका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्। उनले मूल्याङ्कन क्षेत्रमा लामो अनुभव हासिल गरेका अग्रज तथा वरिष्ठ मूल्याङ्कनकर्ताहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात् गर्दै नयाँ पुस्ताको ऊर्जा र सक्रियतासहित संस्थालाई अघि बढाउने प्रतिबद्धता जनाए।

नवनिर्वाचित कार्यसमितिले सामूहिक प्रयास, आपसी समझदारी र सहकार्यका माध्यमबाट संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै मूल्याङ्कन पेशाको विकास तथा मूल्याङ्कनकर्ताहरूको पेशागत हित प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिको विवरण:

अध्यक्ष: इन्जिनियर अनिल बानियाँ

उपाध्यक्ष: इन्जिनियर रवि आचार्य

सचिव: इन्जिनियर सौरभ सुवेदी

कोषाध्यक्ष: इन्जिनियर असगर अन्सारी

सदस्यहरू:
१। इन्जिनियर प्रकृति महर्जन
२। इन्जिनियर कृष्ण अधिकारी
३। इन्जिनियर अर्नल खतिवडा
४। इन्जिनियर दिवश चौधरी
५। इन्जिनियर भावुक नेपाल

प्रतिक्रिया