२३ भाद्र २०८१, आइतबार | September 8, 2024

आज दुवै सदनको संयुक्त बैठक बस्दै


0
Shares

काठमाडौं, १४ जेठ । आज दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गतका दुवै बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया