१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अब अमेरिका जान नेपालीलाई ३० लाख रुपैयाँसम्म धरौटी


249
Shares

भिसा नियम कडा : नेपालसहित ५० देशका नागरिकका लागि नयाँ व्यवस्था स्थायी

काठमाडौं, १७ साउन । अमेरिका भ्रमण गर्ने तयारीमा रहेका नेपालीका लागि ठूलो परिवर्तन आएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरिएको ‘भिसा धरौटी ९ख्ष्कब द्ययलम०’ प्रणालीलाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।

अब बी–१ ९व्यापारिक० र बी–२ ९पर्यटकीय० भिसा का लागि आवेदन दिने नेपाली नागरिकले १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ लाखदेखि ३० लाख रुपैयाँसम्म) धरौटी राख्नुपर्नेछ।

यसअघि परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रममा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्न सकिने व्यवस्था थियो। नयाँ निर्णयसँगै ५ हजार डलरको विकल्प हटाइएको छ भने अब १० हजार र २० हजार डलर मात्रै धरौटीका रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अन्तर्वार्ताअघि नै धरौटी रकम जम्मा गर्नुपर्नेछ। यदि भिसा अस्वीकृत भयो वा अमेरिका पुगेपछि भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ।

नेपालसहित ५० देशमा लागू

यो व्यवस्था नेपाल, बंगलादेश, भुटान लगायत विश्वका ५० देशका नागरिक मा लागू हुनेछ। मुख्य रूपमा पर्यटन र व्यापारिक प्रयोजनका लागि बी–१ तथा बी–२ भिसा आवेदन दिनेहरू यसबाट प्रभावित हुनेछन्।

किन ल्याइयो यस्तो नियम ?

अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने (भिसा ओभरस्टे) गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो कदम चालेको जनाएको छ।

अमेरिकी सरकारी तथ्यांकअनुसार एक जना ओभरस्टे व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले धरौटी प्रणालीलाई स्थायी बनाइएको हो।

अमेरिका जान चाहने नेपालीका लागि अब भिसा प्रक्रिया थप कडा बनेको छ। भ्रमणअघि नयाँ नियमबारे जानकारी लिनु अत्यन्त आवश्यक हुनेछ।

प्रतिक्रिया