गोरखा सैनिकदेखि विश्व कीर्तिमानी आरोहीसम्मस् कसरी बने ‘निम्स दाइ’ ?
म्याग्दीमा जन्मिएका निर्मल पुर्जा ‘निम्स दाइ’ आज विश्व पर्वतारोहणको सबैभन्दा चर्चित नाममध्ये एक हुन्। तर उनको यात्रा हिमालबाट होइन, बेलायती सेनाको गोरखा रेजिमेन्टबाट सुरु भएको थियो।
१८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती भएका निम्स दाइले १६ वर्ष बेलायती सेनामा सेवा गरे। त्यसमध्ये ६ वर्ष गोरखा र १० वर्ष विश्वकै प्रतिष्ठित यूके स्पेसल बोट सर्भिस ९क्द्यक्० मा बिताउँदै पहिलो गोरखा सैनिकका रूपमा उक्त विशेष फौजमा स्थान बनाए।
रोचक कुरा के भने, बाल्यकालमा उनको सपना हिमाल चढ्ने होइन, आफ्ना बुबा र दाजुभाइझैं गोरखा सैनिक बन्ने थियो। तर सन् २०१२ मा सगरमाथा आधार शिविरको यात्राले उनको जीवनको दिशा नै बदलिदियो। त्यसपछि लोबुचे इस्ट हिमालबाट सुरु भएको आरोहण यात्रा विश्व कीर्तिमानसम्म पुग्यो।
सैन्य सेवाबाट सिकेको अनुशासन, कठिन परिस्थितिमा छिटो निर्णय गर्ने क्षमता र असाधारण शारीरिक सहनशीलताले उनलाई विश्वकै उत्कृष्ट आरोहीमध्ये एक बनायो। उनी केवल कीर्तिमान बनाउन होइन, संकटमा परेका आरोहीहरूको उद्धार र सहयोगका लागि पनि परिचित बने।
सन् २०१९ मा उनले बेलायती सेनाको आकर्षक जागिर छाडेर ‘प्रोजेक्ट पसिबल’ सुरु गरे। धेरैले असम्भव भनेको लक्ष्य उनले सम्भव बनाए—विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी समयमै आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरे।
त्यसपछि पनि उनले सफलता रोकिएन। सन् २०२१ मा निम्स दाइको नेतृत्वमा १० नेपाली टोलीले जाडो याममा पहिलो पटक के–टु हिमाल आरोहण गर्दै इतिहास रचे। उनीसँग ५ दिनभित्र सगरमाथा, ल्होत्से र मकालु आरोहण गर्ने कीर्तिमान पनि छ।
उनको साहस र योगदानको सम्मानस्वरूप बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई ९ःझदभच या तजभ इचमभच या तजभ द्यचष्तष्कज भ्mउष्चभ० सम्मान प्रदान गरिएको थियो। उनले सगरमाथाबाट स्काइडाइभ गरेर नेपालको साहसिक पर्यटनलाई पनि विश्वमाझ चिनाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा कीर्तिमानी आरोही ८८मिङ्माडेभिड शेर्पा८८का अनुसार निम्स दाइले अघिल्लो सातामात्र ८ हजार मिटरभन्दा अग्ला हिमाल ५७औँ पटक आरोहण गर्दै अर्को नयाँ इतिहास रचेका छन्। तीमध्ये २९ वटा आरोहण
विनाअक्सिजन सम्पन्न भएका छन्।
गोरखा सैनिकबाट सुरु भएको यात्रा आज विश्वका हिमालहरूमा नेपाली साहस, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने प्रेरणाको प्रतीक बनेको छ।


