१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कप्तानगञ्जमा गोली लागेका अर्का एक युवकको पनि मृत्यु


0
Shares

काठमाडौ । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजना युवाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।

विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मेहतालाई १ः२४ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ।

उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया