१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश


332
Shares

काठमाडौँ । कुख्यात विचौलीया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो ।

त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।

जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।

धितोपत्र सम्बन्धित अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।

प्रतिक्रिया