४ कार्तिक २०८१, आइतबार | October 21, 2024

सेन्ट्रन एशियाली महिला भलिबल प्रतियोगिता आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्दै


0
Shares

काठमाडौं, ८ जेठ । आजदेखि शुरु ह’न लागेको एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटन प्रधानमन्त्री प’’ष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । दिउँसो २ बजेबाट शुरु हुने यो खेल भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् ।

समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको हो । आयोजक नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र
भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।

नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया