मसिना यसरी बनिन् मन्त्री
काठमाडौं, ७ जेठ । बागमती प्रदेशमा मन्त्री बनाउन नेपाली काँग्रेसका प्रभावशाली नेताहरुको रस्साकस्सी पर्यो । केन्द्रको मन्त्री नियुक्तिमा भूमिका खेल्न नसक्ने नेताहरु आफ्नालाई व्यवस्थापन गर्न मरिमेटेर लागे ।
बागमती प्रदशेमा प्रभावशाली रहेका प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेतले निकटस्थ व्यवस्थापनमा शक्ति देखाए ।
सिंहले पुकार महर्जनलाई पर्यटनमन्त्री बनाई छाडे । प्रकाशशरण महतको अडानले रामकृष्ण चित्रकार विना विभागीय भएपनि मन्त्री बन्न के ।
सबैभन्दा प्रभाव मसिना खड्काको देखियो । सिन्धुपाल्चोक क्षेत्र नं १ क बाट चुनाव जितेकी हुन् खड्का । उनले टिकट पनि मोहन बहादुर बस्नेतको आशिर्वाद पाइन् । चुनाव पनि जितिन् ।
अमेरिकामा छन् मसिनाको परिवार । उनी पहुँचकै बलमा मन्त्री बनिन् यसपटक । मोहनबहादुर बस्नेतको अडानका सामु कसैको केही लागेन । मैं हुँ भन्ने काँग्रेस नेता जिल्लाराम परे ।
नेकपा एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठ कृषि र लक्ष्मण लम्सालले श्रम मन्त्रीको सपथ लिएका छन् ।
शालिकराम जमरकट्टेलले ११ बाट १२ मन्त्रालय बनाएर मन्त्री नियुक्त गरेका हुन् । जमरकट्टेले यसअघि मन्त्रालय घटाउने कुरा गरेपनि बढाएबाट बदनाम हुने अवस्था बनेको छ ।