७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

निजगढमा चौंथो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा


0
Shares

काठमाडौं, ५ जेठ । बाराको निजगढमा चौंथो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । प्रचण्ड नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा उक्त विमानस्थल निर्माण बढाउने उल्लेख गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संसदमा आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया बढाउने घोषणा गरेका हुन् ।

विहारको सीमावर्ती शहर रक्सौलबाट ५० किलोमिटर दूरीमा रहेको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३० लाख रुख काट्नुपर्ने तथ्यांक छ । यसकारण वातावरणविदले यसको विरोध गर्दै आएका छन् ।

सर्वोच्च अदालतले पनि निजगढमा विमानस्थल निर्माण नगर्न आदेश जारी गरेको थियो । तर, पछि अर्को आदेश जारी गर्दै कम वातावरण क्षतिमा निर्माण गर्न सकिने भनेको थियो ।

देशमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अलावा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल छन् । तर, त्रिभुवन विमानस्थल मात्र संचालनमा छ ।

प्रतिक्रिया