मुल्यांङकनकर्ता ईन्जिनियरहरूको क्षमता अभिबृद्धि गर्न ३ दिने तालिम
काठमाडौं, १२ माघ । सम्पत्ति मुल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले माघ १६ देखि १८ गतेसम्म “अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी तालिम आयोजना गर्दैछ ।
एशोसिएशनले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धिको लागी सो तालिमको आयोजना गर्न लागेको हो । शुक्रबारदेखि सुरु हुने उक्त तालिम (माघ १६–१८) आइतबार समापन हुनेछ ।
ठमेलस्थित होटल यात्रीमा ३ दिनसम्म सञ्चालन हुने तालिम बिहान ७ बजेदेखि सुरु भएर बेलुका ६ बजेसम्म चल्नेछ ।
एनभिएका उपाध्यक्ष ई.दिनेश कुमार पाठक र ई.शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक रहनेछन् ।
“अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी तालिममा मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरू ३० भन्दा बढी इन्जिनियर तालिममा सहभागी हुने सचिव ई.रबिन्द्र अधिकारीले जानकारी दिए ।
संस्थाले तालिममा सहभागिताका लागि नाम टिपाउन देशभर छरिएर रहेका मुल्यांकनकर्ता इन्जिनियरहरुलाई एक महिना अघि सूचना जारी गरेको थियो ।
एनभिएले केन्द्रमा मात्र नभएर सबै प्रदेशमा पनि अभिमुखिकरण तालिमको आयोजना गर्दै आएको छ ।


