फेक रेस्क्यूमा नक्कली कारोबार गर्ने ६ जना पक्राउ
काठमाडौं । फेक रेस्क्यूमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई सिआइबीले पक्राउ गरेको छ ।
जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी पक्राउ परेका हुन्।
उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।
जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी हुन् ।


