तनहुँ–१ का उम्मेदवार गोबिन्द भट्टराई को हुन् ?
काठमाडौं, ७ माघ । आगामी फागुन २१ हुने तनहुँ–१ को नेपाली कांग्रेसका उम्मेदवार हुन् गोविन्द भट्टराई । समाजशास्त्र, व्यवस्थापन शास्त्र, अर्थ शास्त्र, राजनीति शास्त्र, लगायतका धेरै विषयमा स्वदेशबाटै उच्च शिक्षा प्राप्त गरेका भट्टराई पिएचडीका स्कलर हुन् ।
कांग्रेसको केन्द्रीय राजनीतिमा पहुँच राख्न सक्ने भट्टराई बौद्दिकता र क्षमतामा अब्बल छन् । तनहुँका जनताको सुखदुःखमा भिजेका उनले जनताको समस्या र आबश्यकताबारे नजिकबाट नियालेको आम नागरिक बताउँछन् । “म गाउँको मान्छे हुँ । हारजितबाट भागेर अन्त जाने मान्छे होइन ।यहाँका गाउँलेहरुको भावना भन्दा पर मेरो अर्को क्षेत्र नै छैन ।”-भट्टराई भन्छन् ।
कुनैपनि राजकीय आहोदामा नहुँदा तनहुँमा करोडौं बजेटको खानेपानीका योजना ल्याउन सफल नेता भट्टराईले सालिन, निष्ठा र त्याग राजनीतिको पहिचान बनाएका छन् ।
भट्टराईसँग केन्द्रका स्रोतसाधनलाई जिल्लाको बिकास निर्माणमा उपयोग गराउन सक्ने क्षमता उच्च रहेको बिन्दुकान्त घिमिरे बताउँछन् । भट्टराई तनहुँको माटोमा रगत पसिना भिजाएका धर्तीपुत्रको रुपमा चिनिने घिमिरेको दाबी छ । राजनीतिक जिवनमा पदलोलुपता कहिल्यै नदेखाएका भट्टराई नै तनहूँ–१ बाट निर्वाचित हुनुपर्ने उनले जोड दिए ।
नैतिकतामा कुनै दाग नलागेका ब्यक्तित्व,देश र जनताको पक्षमा बिद्यार्थी आन्दोलन देखि हरेक राजनीतिक परिवर्तनहरूमा अग्रमोर्चामा रहेको भट्टराईले कांग्रेसका धेरै युवा नेताहरु जन्माउन महत्वपुर्ण भूमिका खेलेका छन् । हाल कांग्रेसका केन्द्रीय नेताहरु गुरुराज घिमिरे, किशोर सिंह राठौर, रन्जित कर्ण, गगनकुुमार थापा, प्रदिप पौडेल, उमेजजंश रायमाझी, रेशम बानिया, उमाकान्त चौधरी लगायतका थुप्रै नेताहरु उनकै छहारीमै हुर्केबढेका हुन् । ती युवा नेताहरु अगाडी बढेपनि भट्टराई भने हालसम्म कुनै पनि उच्च पदमा पुुगेका छैनन् ।
ब्यक्तिगत स्वार्थका लागि जागिर र लाभका पदमा नबसीकन निरन्तर तनहुँको उन्नति र प्रगतिमा लागिरहने ब्यक्तित्वको रुपमा परिचित भट्टराई आफूले जित्नेमा ढुुक्क रहेको बताए । जिवनको लामो समय तनहुँका जनताको लागि लडिरहेको तर कहिल्यै अबसर नपाएको गोबिन्द भट्टराईलाई मत दिँदा कुनै पश्चताप नहुने तनहुँ–१ का मतदाता रोजन बानियाँको तर्क छ । उनले भने,‘आजसम्म कुनै गल्ती नगरेका गोबिन्द भट्टराई तनहुँका भबिष्य हुन् । तनहुँको लागि एउटा सिन्को पनि नभाचेका उम्मेदवारहरुलाई जनताले पन्छाउनेछन् ।’ न्याय र निष्ठाको राजनीति बुझेका तनहुँबासीले फागुन २१ गते मुलुकभर एउटा सन्देश दिने उनले दाबी गरे ।
बन्दिपुर कांग्रेसका नेता तथा सोही क्षेत्रका मतदाता राजकुमार श्रेष्ठले जिल्लाको विकासका लागि माटो बुुझेका भट्टराईलाई जनताले मत दिने र उनी नै निर्वाचित हुने ठोकुवा गरे । राजनीति फगत आबेग, उत्तेजना र अबसरवाद मात्र नभएको भन्दै उनले निरन्तरको मेहनत, योगदान, धैर्यता र क्षमताको संयोजन भएको बताए ।
तनहुँकै झोपडीमा जन्मे हुर्केका, जनताका छोरा छोरी पढ्ने स्कुलमा आफ्नै खेतबारीको आम्दानीले फि तिरेर पढेका भट्टराईको आममतदाताले सम्मान गर्नुपर्ने नेकपा माओवादी केन्द्र बन्दिपुरका नेता शंकर बानियाँले बताए ।
तनहुँ–१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेकपा एमालेबाट भगवती न्यौपाने उम्मेदवार छन् । सो क्षेत्रमा निर्वाचित सांसद कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा भट्टराई वाग्लेसँग पराजित भएका थिए ।


