६ मंसिर २०८१, बिहिबार | November 21, 2024

करिना कपूरका आमाबाबु ३५ वर्षपछि सँगै बस्दै


March 5, 2023
0
Shares

बलिउड, २१ फागुन । अभिनेत्री करीना कपुर र करिश्मा कपुरका अभिभावक ३५ वर्षपछि आफ्नो पिडा बिर्सेर फेरि एकसाथ आएका छन् । बबिता र रणधीर कपुरले फेरि एकपटक सँगै बस्ने निर्णय गरेका छन् । दुबैले आफ्नो सामान बान्द्राको नयाँ घरमा सारेका छन् ।

रिपोर्टहरू अनुसार, यो जोडीको पुनर्मिलन सात महिना अघि भएको थियो, तर यो मिडियाको नजरबाट लुकाइएको थियो । रणधीर यसअघि चेम्बुरको पैतृक घरमा बस्थे पनि बबितासँग बस्न बान्द्रामा नयाँ फ्ल्याट लिएका थिए । रिपोर्टहरू विश्वास गर्ने हो भने, रणधीरको पुरानो घरमा परिवर्तन गर्न गाह्रो थियो, जसका कारण उनले शहरको मुटुमा फ्ल्याट लिने निर्णय गरे।
सन् २००८ मा बबिता र रणधीर सँगै बस्न लागेको खबर आएको थियो । त्यसपछि रणधीरले मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा आफ्नो प्रतिक्रिया दिएका थिए । यसै क्रममा रणधीरले भने– ‘अहिलेसम्म भएको छैन, तर अवश्य हुन सक्छ ।’ तर, त्यतिबेला त्यस्तो हुन सकेन ।

रणधीर र बबिताले सन् १९७१ मा विवाह गरेपनि मतभेदका कारण सन् १९८८ मा छुट्टिने निर्णय गरे । बबिता आरकेको घर छोडेर करीना र करिश्मासँग लोखंडवालाको अपार्टमेन्टमा बसिन्। तर, यो जोडीले कहिल्यै सम्बन्धविच्छेद गरेनन् । बबिता र रणधीरबीच कहिल्यै दुश्मनी नभएको बताइएको छ । दुवैले सधैं एकअर्कालाई श्रीमान श्रीमतीको रुपमा साथ दिए ।

प्रतिक्रिया