४ मंसिर २०८१, मंगलबार | November 19, 2024

खम्बामा चढेका माझी ११ घण्टापछि पोलबाट ओर्लिए


0
Shares

काठमाडौं, ३० वैशाख । शनिवार विहान १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् ।

निर्माणमा अनियमितता भएको भन्दै पोलमा चढेका माझीलाई गाउँपालिकाका जनप्रतिनिधिहरुले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल ओर्लिएका हुन ।

पोल चढेको जानकारी पाएलगत्तै उनलाई तल झार्न प्रयास गरे तर मानेनन् । यो घटना मोरङको बुढीगंगाको हो ।

डंग्राहाका ४० वर्षीय माझीले निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गरेका छन् । निर्माण गुणस्तरहीन भएको उनको आरोप छ । उनले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया