५ मंसिर २०८२, शुक्रबार | November 21, 2025

सर्वेन्द्र खनालको नेतृत्वमा किन आयो दल


November 21, 2025
0
Shares

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीमा छँदा लोकप्रीय छवि बनाएका सर्वेन्द्र खनालले राजनीतिक सक्रियतालाई कायमै राखेका छन् । उनले समुन्नत नेपाल पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ताको निवेदन दिइसके ।

समुन्नत नेपाल पार्टीमा देशभरका युवा तथा प्रभावशाली व्यक्तित्वहरु रहेको बुझिएको छ । विशेषगरी तल्लो तहमा जनतासँग भिजेर काम गर्दै आएकाहरु खनाल नेतृत्वको दलमा आवद्ध छन् । जसमा युवाहरुको उल्लेख्य संख्या छ ।

४१ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको दलले आगामी चुनावलाई लक्षित गरेर देशभर संगठन गर्दै आएको छ । खनाल आफै देशभर सांगठनिक सक्रियताका लागि खटिदै आएका थिए ।

नेपाल प्रहरीको आइजीपीबाट सेवानिवृत्त भएपछि खनाल २०७९ सालको आमनिर्वाचनमा काठमाडौंबाट उम्मेदवार बनेका थिए । एमालेमा लागेका खनाल उपनिर्वाचनमा तनहुँबाट उम्मेदवार बने । दुवैपटक चुनाव हारेपनि उनी अविचलित रही राजनीतिमा सक्रिय छन् ।

निडर स्वभावका खनालले देशलाई समुन्नत बनाउनका लागि राजनीति गर्नुपर्छ भन्ने मान्यताका साथ पार्टीको नाम नै समुन्नत राखिएको बताए ।

प्रतिक्रिया