दिल्ली कार बम हमलाको साइनो पाकिस्तान, सिरिया देखि टर्कीसम्म
एजेन्सी, ५ मंसिर । दिल्लीमा नोभेम्बर १० मा भएको कार बम हमलाको साइनो पाकिस्तान, सिरिया हुँदै टर्कीसम्म भेटिएको छ । बम हमलाकारीमध्येका डा. उमर उन नाबीले सन् २०२२ मा टर्कीमा सिरियाको आतंकवादी समूहसँग भेटेको खुलेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार बम हमलाका अर्का आरोपी डा. मुजामिल सकिल गनाई र डा. मुज्जफरसहित उमरले भेटेको खुलेको हो ।
अनुसन्धानमा संलग्न अधिकारीको भनाई उदृत गर्दै आरोपीहरुले विगत केही वर्षयता गरेको भेटहरु खुल्दै गएको छ । उनीहरु टर्कीमा २० दिन बसेर भेटेका थिए ।
सिरियाको उक्त आतंकवादी समूहको आधार पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको पनि अनुसन्धानबाट खुलेको छ । ती समूहका नेताहरु युएईलगायत अरबका देशहरुमा पनि घुम्ने गरेका थिए ।


