२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आरजु पक्राउ परे देउवाको के होला


0
Shares

काठमाडौं, २९ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका लागि आरजु राणा पत्नी मात्र होइनन् भाग्यविधाता नै हुन् भन्दा फरक नपर्ला । देउवाको आरजुसँगको विवाह पनि राजनीति थियो । आरजुकै कारण देउवाले पटक पटक प्रधानमन्त्री बन्ने सफलता हासिल गरे ।

राणा परिवारकी विदेशमा पढेकी आरजुको वैदेशिक सम्बन्ध देउवासँग विवाह नहुँदै सुमधुर थियो । आरजुको देउवासँग विवाह हुनुमा तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लक हुन् । यो विवाहले देउवाको राणा परिवारसँग साइनो गाँसियो देउवा निरन्तर सत्ता राजनीतिमा रहँदै आए ।

आरजुले देउवाको मुख्य हर्ताकर्ताको भूमिका निभाइन् । आर्थिक व्यवस्थापनमा पनि उनकै चल्यो । सिधा कुरा गर्न सक्ने हक्की स्वभावकी आरजुको यही खूबी देउवालाई सफल बनाउने कारक बन्यो ।

जसले देउवालाई राजनीतिक उचाई दिलाउन मुख्य भूमिका खेल्न सक्यो अहिले तिनै उनको भावी राजनीतिमा संकटको बादल बनेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आरजु कुनैपनि बेला पक्राउ पर्नसक्ने चर्चा छ ।

यो प्रकरणसँग जोडिएको पैसासँम्बन्धी एउटा अडियो प्रहरीकोमा पुगेको छ । यसले पनि नयाँ तरंग ल्याएको छ ।

देउवा शक्तिमा हुँदा भएका कतिपय आर्थिक मामलामा आरजु मछिइन् । अहिले यी विषय एकपछि अर्को गरी सतहमा आइरहेका छन् । कुनैपनि बेला आरजु पक्राउ परेमा देउवालाई ठूलो धक्का लाग्न सक्छ ।

काँग्रेसभित्रको शेखर कोइराला पक्ष अहिले शरणार्थी प्रकरण उचालिरहेको छ । यो धेरै उचालिएमा देउवालाई ठूलै क्षति पुग्न सक्छ । उनको राजनीतिक भविष्य नै समाप्त हुनेसम्मको अवस्था बन्न सक्छ ।

प्रतिक्रिया