भारत र अफगानिस्तानको सामरिक दबाबमा पाकिस्तान
विपिन देव: ब्रिटिश सम्राज्यवादले गरेका जाल, झेल, सन्धी र सम्झौताको मूल्य हालसम्म समेत दक्षिण एसियाली मुलुकहरूले चुकाउनु परिरहेको छ । ब्रिटिश साम्राज्यवादको पालामा कोरिएको “मेकमोहन लाइन” नक्साले गर्दा भारत चीनबीच सीमा विवाद लामो कालखण्डसम्म यथावत रहेको छ । वर्तमान भू(राजनीतिक तरलतामा भारत(अफगानिस्तान र पाकिस्तानबीचको त्रीकोणत्मक सम्बन्ध पेचिलो हुन गएको छ । सन् २०२५ नोबेम्बर ४ का दिन अमेरिकी राष्ट्रपति डोनालण्ड ट्रम्पले आफ्नो आणविक परीक्षणको कार्यक्रमको सार्वजनिक गरेका छन् । उक्त अभिव्यक्तिका सन्र्दभमा उनले रुस, उत्तर कोरीया र पाकिस्तानको आणविक कार्यक्रमको समेत उल्लेख गरेका थिए । पाकिस्तानले गोप्य रूपले आणविक क्रार्य सञ्चालन गरिरहेको परिघटनालाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिएका छन् । सन् १९९८ पश्चात पाकिस्तानको आणविक परीक्षण गरेको देखिदैन ।
पाकिस्तानलाई सामरिक दबाबमा राख्न भारतले अपरेशन त्रिशुलको घोषणा गरेको छ । अर्थात्, भारत पाकिस्तान सीमावर्ती क्षेत्र गुजरात, राजस्थान र अरब सागरमा भारतले २० हजार सैनिक दस्ताका साथ सैन्य अभ्यास सुरू गरेको छ । सैन्य अभ्यासमा रफाल विमान, सूकाई, समरीन लगायत अति आधुनिक क्षेप्यास्त्र समेत रहेका छन् । भारतीय सामरिक नीतिलाई मत्थर गर्न पाकिस्तानले आफ्नो वायु मार्गलाई सन् २१ नेबेम्बरदेखि २९ नोबेम्बरसम्म पूर्ण रूपमा बन्द गरेको छ । अरब सागरमा समेत सैन्य जस्तालाई तैनाथी अवस्थामा राखेको छ । भारतले “अपरेशन त्रिशुल” को माध्यमबाट पाकिस्तानद्वारा परिचालित आतंकवादी अड्डाहरूमा कडा सन्देश दिन खोजेको छ ।
पाकिस्तानलाई सामरिक दबाबमा राखेको खण्डमा भारतभित्र आतंकवादी गतिविधिहरू न्यून हुने भारतीय सामरिक नीति देखिन्छ । साथ साथै पाकिस्तानले आफ्नो घरेलु राजनीति र बेथितिलाई सन्तुलन गर्न भारतलाई दबाबमा राखेको खण्डमा पाकिस्तानी सत्ता पक्ष बलियो हुने समेत जानकारहरूको बुझाई रहेको छ । एक अर्कालाई सामरिक दबाबमा राख्ने रणनीतिको लामो इतिहास रहेको छ । सन् १८८६ मा भारतले गरेको बाइस्र्टर, सन् २००१ म गरेको अपरेशन पराक्रम, सन् २०१९ मा गरेको अपरेशन वालाकोट यसका प्रतिनिधि उदाहरणहरू हुन् । पाकिस्तानको राजनीतिक भाष्यले हरेक हारलाई जीतको रूपमा व्याख्या गरेको पाइन्छ । भारतले पाकिस्तानलाई सामरिक दबाब दिनुका कारण पाकिस्तानका सेनापति मुनिरको नीति समेत रहेको छ । सैनिक सत्ताबाट परिचालित पाकिस्तानको राजनीति र कूटनीतिको बागडोर सम्हालेमा सेना प्रमुख मुनिरले हिन्दू र मुसलमान दुई पृथक धर्म भएकोले गर्दा दुई समुदाय साथ नबस्न सक्ने अभिव्यक्ति दिएका थिए । अर्थात् उनले “टुनेशन थियोरी” लाई अनुमोदित गरेका थिए । पाकिस्तानका मुसलमान जनसंख्या भन्दा भारतको मुसलमान जनसंख्या अधिक भएको कारणले भारत सरकारको मुख्य दायित्व मुनिरको चिन्तन प्रणालीलाई खारेज गर्नु हो । सन् २०२५ भई मा भारतद्वारा सुरू गरिएको “अपरेशन सिन्दुर” लाई निस्तरता दिदै “अपरेशन त्रिशुल” को माध्यमबाट भारत आफ्नो सामरिक नीतिलाई प्रष्ट गरेका छन् ।
अपरेशन सिन्दुर पश्चात पाकिस्तान र अमेरिका सम्बन्धले उचाई लिएको देखिन्छ । शित युद्ध ताका अमेरिका पाकिस्तान सम्बन्ध सघन रहेको थियो । अमेरिकाको इराक, अफगानिस्तान अमेरिकाको सहयात्री भएको थियो । वर्तमान भू(राजनीति परिवेश पाकिस्तानको अमेरिकी नीतिले गर्दा पाकिस्तान र तालिवान सम्बन्ध चिसिदै गइरहेको अवस्था छ । पाकिस्तान र अफगानिस्तानबीच ब्रिटिश साम्राज्यका बखत तय गरिएको सीमा “डुरान लाइन” अफगानिस्तानलाई मान्य भएको छैन । “डुरान लाईन” बाट “पस्तुन समुदाय” विखण्डित भएको अफगानिस्तानको ठहर रहेको छ । अफगानिस्तानका तालिवानी शासकले हालै “ग्रेटर अफगानीस्तानको नक्सा” सार्वजनिक गरेका छन् । तदनुरूप पाकिस्तानमा बसोवास गरिरहेका पस्तुन समुदाय र पस्तुनद्वारा भोग अधिकारमा रहेका सम्पूर्ण भू(भागलाई अफगानिस्तानको भू(भाग भनिएको छ । अफगानिस्तानमा रहेका तालिवानीहरूको पालन पोषण, प्रशिक्षण र परिचालन एक कालखण्डमा पाकिस्तानमा गुप्तचर एजेन्सी “आएएसआए” ले गर्दै आएका थिए । तर वर्तमान परिवेश पृथक रहेको छ । ट्रम्पले अफगानिस्तानको बागराम हवाई सैन्य अड्डा आफ्नो अधिपत्य राख्न खोजेका छन् । बागराम सैन्य अड्डा अमेरिकाले चीनको वायु सुरक्षा प्रणालीलाई लक्षित गर्न सक्दछ । पाकिस्तानी जासुसी एजेन्सीको माध्यमबाट बागराम वायु मार्गमा आफ्नो सैन्य जस्ता राख्न सकेको खण्डमा सेन्ट्रल एसियामा समेत आफ्नो पकड र पहुच बलियो हुने अमेरिकी रणनीति रहेको छ ।
तालीवानीलाई यो माध्य रहेको छैन । अर्थात् सीमा सम्बन्धि समस्या र अमेरिकी नीतिका कारण अफगानिस्तान र पाकिस्तानबीच झडप समेत भएको छ । अन्तर्राष्ट्रिय मिडिया रिर्पोट अनुसार तालिवानी लडाकाहरूले १२०० पाकिस्तानी सैनिकलाई युद्धबन्दी बनाएका थिए । इरान र टर्कीको दबाबमा पाकिस्तानी सैनिकहरू मुक्त गरिएका थिए । भर्खरै टर्की र कतारद्वारा पाकिस्तान अफगानिस्तानबीच युद्धविराम गराउन तीन पटक वार्ता गरेता पनि वार्ता सफल भएको छैन । अर्का तर्पm पाकिस्तानले तहरिके तालीवान पाकिस्तान (टि.टि.पि) गतिविधिलाई दिदै आएको छ । टि.टि.पि को राजनैतिक आवरण भएता पनि यो एक किसिमको लाडाका जथा हो । पाकिस्तानमा पूर्ण रूपले सरियत कानुन अनुसार इश्लामीकरण गर्नु पर्ने उक्त संगठनको संकल्प रहेको छ । संकल्पलाई रुपान्तरित गर्न टि.टि.पि.ले हिंसात्मक बाटो अबलम्बन गर्दै त्यसलाई घर्मयुद्ध –जिहाद)को नामाकण गरेका छन् । टि.टि.पि.को गतिविधि, वालुचिस्तान प्रान्त वि.एल.ए.को गतिविधि, पाकिस्तान र अफगानिस्तानबीच सीमा तनाव र पाकिस्तानको पश्चिमी सीमानामा भारतको त्रिशुल सैन्य अभ्यासले गर्दा पाकिस्तान दबाबमा रहेको देखिन्छ । आर्थिक समस्या, चरमपन्थीको समाजमा वर्चश्व र पछौटेपनको यात्राले गर्दा पाकिस्तान ओरालोको यात्रामा रहेको देखिन्छ ।


